images
images
images

बालबालिकाका लागि धनकुटामा बास्केटबल प्रशिक्षण शिविर हुँदै

images

धनकुटा । बालबालिकालाई खेलकुदप्रति आकर्षित गराउने उद्देश्यले धनकुटामा बास्केटबल प्रशिक्षण शिविर सञ्चालन हुने भएको छ । धनकुटा बास्केटबल क्लबको आयोजनामा आगामी साउन २४ देखि भदौ ३ गतेसम्म प्रशिक्षण शिविर सञ्चालन हुन लागेको हो । शिविरमा ड्रिब्लिङ, पासिङ, शुटिङ, टिमवर्क र खेल अनुशासनका अभ्यास गराइने क्लबले जानकारी दिएको छ।

नेपाल पत्रकार महासंघ धनकुटा शाखाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा क्लब अध्यक्ष विवेक श्रेष्ठले स्वास्थ्य जीवनशैली, आत्मविश्वास र समूह भावना अभिवृद्धि गर्नु शिविरको प्रमुख उद्देश्य भएको बताए । विद्यालयमा अध्ययनरत बालबालिका शिविरमा सहभागी हुनेछन् ।

images
images

images
images

प्रतिक्रिया दिनुहोस्