images
images
images

दिवंगत आफन्तको सम्झनामा धनकुटामा यसरी मनाइयो गाइजात्रा (फोटो फिचर सहित)

images

धनकुटा । दिवगंत आफन्तको सम्झनामा शुक्रवार धनकुटा सदरमुकाम बजारमा गाईजात्रा निकालिएको छ । धनकुटामा वसोवास गर्ने नेवारी समुदायभित्र एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाइजात्रा निकाल्ने परम्परा चलन रहिआएको छ ।

पछिल्लो एक वर्षको अवधिमा नेवारी सामुदायका १८ जनाको मृत्यु भएपनि यो पटक १० घरवाट गाइ निकालिएकाे थियो । धनकुटा–७ श्रीवानीमा भेला गई सुरु भएको र्याली मदन चोक, परिचय मोड, विचबजार, सिरानबजार, भीमनारायण चोक माथिल्लो कोप्चे, तल्लो कोप्चे हुँदै धनकुटा तल्लो टुँडिखेलमा भएको छ ।

images
images

र्यालीमा दिवंगत भएका व्यक्तिको आफन्त, नेवारी समुदाय ढोल झ्याम्टा बजाउँदै बजार परिक्रमा गरेका थिए । सबै दिवंगत व्यक्तिको फोटो राखेर निकालिएको तमोचा गाइजात्राको आर्कषण वनेको थियो । गाइजात्राको दिन धनकुटा सदरमुकाममा चहलपहल बढेको छ । जात्रा हेर्न ग्रामीण क्षेत्रवाट हजारौं संख्यामा स्थानीय सदरमुकाममा भेला भएका थिए । विशेष गरी सदरमुकाममा नजिकका भीरगाउँ, वेलहरा, टेकुनाला, सान्ताङ, पात्ले, पारिपात्ले, लोकसेवा, कागते, देव्रेवास लगायत स्थानबाट स्थानीयहरु जात्रा हेर्न आएका छन् । नेवारी समुदायले मनाउने साँस्कृतिक पर्व गाइजात्राको अवसरमा धनकुटा नगरकार्यपालिकाले सार्वजनिक विदा समेत दिएको छ ।

 

images
images

प्रतिक्रिया दिनुहोस्