images
images
images

महालक्ष्मी नगरपालिकामा सुकुम्वासी तथा अव्यवस्थितहरुलाई जग्गाको धनिपुर्जा वितरणको तयारी

images

धनकुटा । भूमी समस्या समाधान आयोग धनकुटाले जिल्लाको महालक्ष्मी नगरपालिकामा रहेका भूमिहिन सुकुम्वासी र अव्यवस्थित वसोवासीलाई जग्गा उपलब्ध गराई जग्गाधनी पूर्जा वितरण गर्ने तयारी अघि बढाएको छ।

यसै सन्दर्भमा महालक्ष्मी नगरपालिकामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । नगरप्रमुख ध्रुवराज रायको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नगरप्रमुख रायले वडाध्यक्ष तथा वडासचिवहरुलाई आफ्ना वडामा रहेका सुकुम्वासी तथा अव्यवस्थित वसोवासीलाई प्राथमिकताका साथ जग्गा उपलब्ध गराउन र पूर्जा वितरण प्रक्रियामा सक्रिय हुन निर्देशन दिए ।

images
images

सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत चुडामणी गुरागाईंले कानुनको दायराभित्र रहेर काम गर्न सबै सरोकारवालालाई आग्रह गरेका थिए । यस्तै आयोगका विज्ञ सदस्य नविन किशोर शाक्य, भूमि आयोगका सदस्य तथा पालिका संयोजक विजय सन्तोषी राईलगायतले जग्गा वितरण कार्यविधिबारे सहजीकरण गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवाससहित विभिन्न सञ्चारकर्मीको सहभागिता थियो । साथै महालक्ष्मी नगरपालिकाका सबै वडा अध्यक्ष र सचिवहरुले वडास्तरमा गठित सहजीकरण समिति अझ सक्रिय भई पूर्जा वितरण कार्यलाई विशेष प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

भूमि आयोग धनकुटा सदस्य तथा पालिका संयोजक विजय सन्तोषी राईका अनुसार महालक्ष्मी नगरपालिकामा हालसम्म निवेदन दिएका भूमिहिन दलित ३८ जना, भूमिहिन सुकुम्वासी १०२ जना र अव्यवस्थित वसोवासी ९१४ जना गरी जम्मा १ हजार ५४ जनाको छानबिन भइसकेको छ । छिट्टै आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई जग्गाधनी पूर्जा वितरण गर्ने तयारी भइरहेको उनले बताए ।

images
images

प्रतिक्रिया दिनुहोस्