धनकुटा । हरितालिका तीजको अवसरमा नेपाल महिला संघ नगर समिति धनकुटाले तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा महिलाहरूले तीजलाई आस्था, संस्कार र सांस्कृतिक एकताको प्रतीकका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे । सहभागीहरूले यस पर्वले महिलाबीच आत्मीयता, भाईचारा र सामाजिक ऐक्यबद्धता अझ मजबुत बनाउने विश्वास पनि व्यक्त गरे ।
साँस्कृतिक गीत, नृत्यलगायत विविध प्रस्तुति रहेको कार्यक्रममा नेपाल महिला संघ नगर समितिकी सभापति कृष्णमाया श्रेष्ठको अध्यक्षता तथा नेपाल महिला संघ जिल्ला समितिकी सभापति एवं संविधानसभा सदस्य जिल्ला सुब्बाको प्रमुख आतिथ्य रहेको थियो । नेपाली कांग्रेस महासमिति सदस्य सुमना तिम्सिनाले परम्परालाई जोगाउँदै आधुनिक युगलाई आत्मसात् गर्नुपर्नेमा जोड दिँदै महिलाको सक्रियता, सहभागिता र नेतृत्व क्षमताले मात्र समाजलाई समृद्ध बनाउन सक्ने विश्वास व्यक्त गरे । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, महिला अगुवा, समाजसेवी, शिक्षक तथा युवाको उल्लेख्य उपस्थिति रहेको थियो ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्