विराटनगर l कोशी प्रदेश सरकारले ल्याएको सञ्चार विधेयकविरुद्ध पत्रकारहरुले शुक्रबार प्रदेशसभाअगाडि प्रदर्शन गरेका छन् l
समाचार लेखेका आधारमा पत्रकार तथा सञ्चार संस्थालाई जरिवाना गर्ने प्रावधान राखिएको भन्दै उनीहरूले आपत्ति जनाएका हुन् । पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष भरत खड्काले प्रेस विरोधी प्रावधान सच्याउन माग गर्दै विधेयकप्रति पत्रकारको असहमति रहेको बताए । निषेधित क्षेत्रमा भएको शान्तिपूर्ण धर्नामा प्रहरीले हस्तक्षेप गर्न खोज्दा पत्रकार र प्रहरीबीच घम्साघम्सीसमेत भएको थियो ।
सञ्चार विधेयक न्याय प्रशासन तथा विधायन समितिबाट पारित भई शुक्रबार सदनमा पेस भएको हो । सो विधेयकले पत्रकारलाई १ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रावधान राखेको भन्दै पत्रकारहरुले विरोध जारी राखेका छन् ।




हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्