धनकुटा । चौथो साँगुरीगढी डाँडाबजार गोल्डकपको आय–व्यय सार्वजनिक गरिएको छ । गतबैशाख १७ देखि २० गतेसम्म सञ्चालन भएको प्रतियोगिताको आय–व्यय विवरण शुक्रवार एक कार्यक्रमका वीच आयोजक डाँडाबजार फुटवल क्लवले सार्वजनिक गरेको हो ।
कार्यक्रमका आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै क्लवका कोषाध्यक्ष मणी देवानले प्रतियोगिताबाट जम्मा आय रु. १८ लाख ११ हजार ७६६ र व्यय रु. १८ लाख १४ हजार ४२० भएको बताए । उनले सोही अनुसार क्लबले रु. २ हजार ६५४ बेहोर्नुपर्ने भएको छ । रु. ३ लाख ५० हजार ५७५ दाताबाट अझै प्राप्त हुन बाँकी रहेको छ ।
चौथो संस्करणको साँगुरीगढी डाँडाबजार गोल्डकप प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सबै दाता तथा समर्थकप्रति डाँडाबजार फुटवल क्लवका अध्यक्ष राजकुमार लिम्बूले धन्यवाद दिए ।
प्रतियोगितालाई भव्य रुपमा संचालन गर्न साँगुरीगढी गाउँपालिका, ५ नं वडा कार्यालय, देश तथा विदेशमा रहेका दाताहरुले सहयोग गरेका थिए । आय-व्यय सार्वजनिक कार्यक्रममा साँगुरीगढी गाउँपालिका वडा नं ५ का वडाध्यक्ष खड्ग लिम्बू, वडा सदस्य, क्लवका सदस्यहरुको सहभागिता रहेको थियो ।




हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्