images
images
images

स्थानीय तहको असल अभ्यास आदानप्रदान तथा वार्षिक प्रगति समीक्षा

images

धनकुटा । जिल्ला समन्वय समिति धनकुटाको आयोजनामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा तथा स्थानीय तहको असल अभ्यास आदानप्रदान कार्यक्रम आजदेखि सुरु भएको छ । दुई दिनसम्म चल्ने कार्यक्रममा जिल्लाभरिका स्थानीय तह, संघ र प्रदेशअन्तर्गतका कार्यालयहरुले गत वर्षको प्रगतिसहित असल अभ्यासको अनुभव प्रस्तुत गर्नेछन् ।

कार्यक्रमको उद्घाटन पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र राईले गरेका थिए । कार्यक्रममा धनकुटा नगर प्रमुख चिन्तन तामाङ, प्रदेशसभा सदस्य इन्द्रमणी पराजुली र निरन राई, नेपाली कांग्रेस धनकुटाका सचिव विजयसन्तोषी राई, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललगायत वक्ताहरुले स्थानीय विकासका लागि आपसी समन्वय आवश्यक रहेकोमा जोड दिए ।

images
images

जिल्ला समन्वय प्रमुख निरेन तामाङले सहभागीले दिएका सुझाव संकलन गरी सम्बन्धित निकायमा पठाइने जानकारी दिए । कार्यक्रममा संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा चौविसे गाउँपालिका (प्रथम), सहिदभूमि गाउँपालिका (दोस्रो) र पाख्रीबास नगरपालिका (तेस्रो) लाई  सम्मान गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य जिल्ला समन्वय उपप्रमुख सावित्रा राईले राखेकी थिइन् भने कार्यक्रमको उद्देश्यबारे जिल्ला समन्वय अधिकारी हरिप्रसाद अधिकारीले प्रकाश पारेका थिए । कार्यक्रम सञ्चालन सूचना अधिकारी राजिव सुवेदीले गरेका थिए ।

images
images

प्रतिक्रिया दिनुहोस्