images
images
images

कर्मचारीसँग लफडा गर्ने वडाध्यक्षलाई एमालेको सम्मान

images

धनकुटा । साँगुरीगढी गाउँपालिकाको योजना शाखामा कार्यरत कर्मचारीलाई कार्यकक्षमै हातपात गर्ने वडाध्यक्षलाई नेकपा एमाले धनकुटाले दोसल्ला ओढाएर सम्मान गरेको छ ।  लोकतान्त्रिक गणतन्त्रको रक्षा र प्रतिनिधि सभा पुनस्र्थापनाका लागि आज धनकुटामा आयोजित वृहत जनप्रदर्शन तथा आमसभाको अवसरमा नेकपा एमाले धनकुटाले साँगुरीगढी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष गोविन्द लिम्बूलाई माला र खदा लगाइदिएर सम्मान गरेको हो । कार्यक्रम संचालक जिल्ला सचिव पर्शुराम नेपालले जनप्रिय वडाध्यक्ष, जनताको मन जित्ने लिम्बूले वडाको विकास निर्माणमा उत्कृष्ट काम गरेको र जनताको काम गर्दा गर्दै कर्मचारीबाट कुटिएको भन्दै उत्प्रेरणा स्वरुप सम्मान गरिएको बताए । लिम्बूलाई जिल्ला अध्यक्ष शिव आङ्ला, केन्द्रिय सदस्य तथा धनकुटा ईन्चार्ज पूर्वमन्त्री राजेन्द्रकुमार राई लगायतले माला र खदा ओढाइदिएका थिए ।

नेकपा एमालेको बृहत जनप्रदर्शन तथा आमसभा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । केहि दिन अघि मात्रै वडाध्यक्ष लिम्बूले साँगुरीगढी गाउँपालिकाका योजना अधिकृत द्रोर्णवहादुर राईलाई कार्यकक्षमा हातपात गरेका थिए । कर्मचारी सम्वन्द्ध संगठन लगायतवाट लिम्बू विरुद्ध विज्ञप्ती निकाल्दै कडा कार्वाहीको माग गरेका थिए ।

images
images

यता वडाध्यक्षले लिम्बूले पनि योजना अधिकृत राईबाट आफूलाई हातपात भएको विज्ञप्ती मार्फत् आरोप लगाएका छन् ।

 

images
images

प्रतिक्रिया दिनुहोस्