images
images
images

हिले–उत्तरपानी–छिन्ताङ–जामिरे सडक खण्ड कालोपत्रेका लागि विद्युतीय बोलपत्र आह्वान

images

धनकुटा । कोशी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय, धनकुटाले हिले–उत्तरपानी–छिन्ताङ–जामिरे सडक स्तरोन्नतिका लागि विद्युतीय (ई–बिड) बोलपत्र आह्वान गरेको छ ।

कार्यालयले पहिलो पटक सूचना प्रकाशित गर्दै योग्य निर्माण व्यवसायीलाई ई–बिड प्रणालीमार्फत बोलपत्र आह्वान गरेको हो । सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईका अनुसार यस चरणमा सो सडक खण्डको बाँकी रहेको थलथलेदेखि खोकुको पिप्ले हुँदै छिन्ताङ डाँडागाउँसम्म करिब ४.१ किलोमिटर सडक कालोपत्रे गरिनेछ ।

images
images

हिले–उत्तरपानी–छिन्ताङ–जामिरे सडकको कुल लम्बाइ २५ किलोमिटर रहेको छ । हालसम्म हिलेदेखि थलथले बजारसम्म सडक कालोपत्रे भइसकेको छ । अघिल्लो आर्थिक वर्षमा करिब ११.५ किलोमिटर सडक कालोपत्रे गरिएको थियो, जसअन्तर्गत हिलेदेखि वायरहाउससम्म पहुँच मार्ग तथा सहिदभूमि गेटदेखि करिब डेढ किलोमिटर बाहेकको सडक कालोपत्रे गरिएको थियो । यी ठाउँको सडक पहिल्यै कालोपत्रे भइसकेको थियो ।

यसपटकको काम सम्पन्न भएपछि डाँडागाउँसम्म कालोपत्रे सडक पुग्नेछ । हिलेदेखि प्रसिद्ध छिन्ताङदेवी (जाल्पादेवी) मन्दिरसम्मको दूरी करिब २० किलोमिटर रहेको छ । साथै, हिले–उत्तरपानी–छिन्ताङ–जामिरे सडक अरुण करिडोरको चतरा–लेगुवा खण्डको विन्दुसम्म जोडिने अध्यक्ष राईले जानकारी दिए । ज्यामिरे देखि चतरा–लेगुवा खण्डको विन्दुसम्मको दुरी ८ किलोमिटर रहेको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्