धनकुटा । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारले गर्न पाउने खर्चको अधिकतम सीमा निर्धारण गरेको छ । आयोगले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन ऐन तथा नियमावलीअनुसार निर्वाचन खर्चको हद सार्वजनिक गरेको हो ।
विज्ञप्तिअनुसार, २०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ उम्मेदवारले तोकिएको सीमाभित्र मात्र खर्च गर्न पाउनेछन् । निर्वाचन आयोगले निर्वाचन क्षेत्रअनुसार खर्चको सीमा फरक–फरक रूपमा तोकेको छ ।
धनकुटा सहित २७ निर्वाचन क्षेत्रका उम्मेदवारले अघिकतम ३१ लाख रुपैया खर्च गर्न पाउने व्यवस्था गरेको छ । केही जिल्लामा उम्मेदवारले अधिकतम ३५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ भने भौगोलिक अवस्था, क्षेत्रफल र जनघनत्वका आधारमा अन्य निर्वाचन क्षेत्रमा खर्च सीमा फरक रहेको आयोगले जनाएको छ ।
आयोगले सबै राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालालाई तोकिएको खर्च सीमाभित्र रहेर निर्वाचन गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ ।



हुलाकी पाटी 














प्रतिक्रिया दिनुहोस्