images
images
images

आजबाट हिउँदे अधिवेशन सुरु, सत्तापक्ष बचाउमा, प्रतिपक्ष कडा रुपमा प्रस्तुत हुने

images

काठमाडाैँ । संघीय संसद्को हिउँदे अधिवेशन आजबाट शुरु हुँदैछ । हिउँदे अधिवेशनमा सरकारले ल्याएका पाँच वटा अध्यादेशका बिषयमा छलफल हुने भएको छ ।

सत्तापक्ष दलहरुले अध्यादेशहरुलाई ‘फास्ट ट्र्याक’ बाट संसदबाट पास गराउने तयारीमा लागेका छन् । सत्तापक्ष दलहरुले अध्यादेशहरुलाई संसदबाट पास गराएर कार्यान्वयनको लागि नियमावलीहरु तदारुकताका साथ बनाउने निर्णय गरेका छन् ।

images
images

यता, प्रतिपक्ष दलहरुले सरकारले केही दिन अघि मात्रै संसद छलेर ल्याएका अध्यादेश कुनै हालतमा पनि संसदबाट पारित हुन नदिने बताएका छन् । प्रतिपक्ष दलहरुले अर्थतन्त्र चलायमान बनाउने नाममा संसदलाई छलेर अर्थात ‘चोरबाटो भएर आएको अध्यादेश’को विरोध गर्ने भएका छन् ।

विपक्षी दलहरुले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने भएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरुको बैठकले यस्तो निर्णय गरेका हुन ।
सरकारले अध्यादेश मार्फत पाँचवटा कानुन ल्याएको छ । त्यो आज संसदमा टेबुल गर्ने तयारी सत्ता पक्षको रहेको छ भने प्रतिपक्षले यसको कडा विरोध जनाउने तयारीमा जुटेको छ।

सरकारले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१,’ आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन, २०८१’, निजीकरण ऐन, २०५० लाई संशोधन गर्न बनेको अध्यादेश र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन, २०८१ गर्न बनेको अध्यादेश’ जारी गर्न राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले “सुशासन प्रबर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१” पेस गर्ने भएका छन् ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१”, “निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१” र “आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१” पेस गर्नेछन् ।

त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले “सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१” र “भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१” पेस गर्नेछन् । बैठकमा सभामुखले विभिन्न शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

 

images
images

प्रतिक्रिया दिनुहोस्