images
images
images

सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोग विहीन

images

नवलपरासी। पश्चिम नवलपरासीको सरावल गाउँपालिका–३ स्थित भिमटाणीमा लुम्विनी प्रदेश सरकारले २७ लाख रूपियाँमा निर्माण गरेको हाटबजार प्रयोग विहीन भएको छ ।

हाटबजारको भौतिक पूर्वाधार निर्माण सम्पन्न भएको चार वर्ष भयो सञ्चालनमा नआउँदा हाटबजार प्रयोग विहिन भएको सरावल–३ स्थानीय लेखनाथ रायले बताए ।

images
images

उनका अनुसार निर्माणाधिन हाटबजारमा बजार लगाउने ठेकेदारले जग्गाधनीलाई वार्षिक २५ हजार रुपैया भाडा दिने शर्तमा लुम्विनी प्रदेश सरकारले दश कठ्ठा जग्गामा हाटबजार निर्माण गरेको हो । निर्माणाधिन जग्गा लेखनाथ रायको नाउँमा दर्ता छ ।

सोही वडामा डेढ बिघा सार्वजनिक जग्गा रहेपनि पूर्वउपाध्यक्षले सरकारी बजेट सार्वजनिक जग्गामा नबनाएर आफनो व्यक्तिगत जग्गामा निर्माण गरेपछि निर्माणाधिन हाटबजार एकान्तमा रहेकोले व्यपारीले त्यहाँ बजार लगाउन मानेका छैनन् आफूले निर्माणाधिन हाटबजार लगाउन भनेपनि व्यपारीले भने त्यहाँ बजार नलगाउने सरावल–३ का वडाध्यक्ष फिरङ्गी चौधरीले बताए।

उनका अनुसार सरकारको रकम सार्वजनिक जग्गामा लगानी गर्नुपर्नेमा राननितिक पदमा रहेकोले आफू यो पदबाट गएपनि पछि आम्दनीको स्रोत हुने गरी आफनो व्यक्तिगत जग्गामा हाटबजार बताएका हुन् ।

पूर्वउपाध्यक्षको नम्बरी जग्गामा आफूले बजार लगाउने पहल गरेपनि ब्यपारी त्यहाँ बजार लगाउन मानेका छैनन् सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीले बताए ।

images
images

प्रतिक्रिया दिनुहोस्