काठमाडौँ । प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स दिन सरकारले चोर बाटो खोजिरहेको बताएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रचण्डले बिचौलियाका आँखा यतिबेला धितोपत्र बोर्डमा रहेको आरोप लगाए । उनले खुला प्रतिस्पर्धाबाट लाइसेन्द दिनुपर्ने भन्दै अवैध प्रक्रियाबाट लाइसेन्स दिन नहुने धारणा राखे ।
‘नयाँ स्टक एक्स्चेन्जलाई लाइसेन्स दिनुपर्ने भए कमिसनबाट नभई खुला प्रतिस्पर्धाबाट अझ रकम बढाबढबाट दिनुपर्छ, त्यसका लागि अहिलेको अवैध प्रक्रिया रद्द हुनुपर्छ,’ दाहालले भने ।
सत्तापक्षका सांसदहरुलाई दुःख नमान्न आग्रह गर्दै प्रचण्डले सरकारले अपराध नियन्त्रण्न गर्ने भन्दा अपराधी धुने डिटर्जेन्ट बनाइरहेको टिप्पणी गरे
‘ऐनले नै कल्पना नगरेको निर्देशिका तयार पारेर सरकार नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने चोर बाटो खोज्दै छ ।’ उनले दूरसञ्चार फ्रिक्वेन्सीजस्तै नयाँ स्टक एक्सचेन्जको लाइसेन्सलाई पनि राज्यले आफ्नो सम्पत्ति मान्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्