काठमाडाैँ । प्रतिनिधि सभा बैठक शुक्रबार पनि बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा शुक्रबार दिउँसो १ बजे बैठक सुरू हुनेछ।
आजको बैठकका लागि तीन वटा कार्यसूची सम्भावित भनेर राखिएको छ। बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले विद्युतीय व्यापार विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेस गर्ने कार्यसूची छ।
त्यस्तै कानुनमन्त्री अजय कुमार चौरसियाले कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको विधायन विधेयकमाथि छलफल गरियोस् र विधायन विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव गर्नेछन्।
बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले अन्तर्राष्ट्रिय श्रम संगयठनको अन्तर्राष्ट्रिय सम्मेलनले स्वीकृत गरेका नयाँ अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको संयन्त्रहरू (महासन्धी, प्रोटोकल र सिफारिस)सम्बन्धी प्रतिवेदन पेस गर्ने कार्यसूची छ।अध्यादेश निर्णयार्थ पेश गरिने भन्ने बुँदा भने कार्यसूचीमा राखिएको छैन।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्