images
images
images

वीरगंजमा शशीला मोटर्सले सञ्चालनमा ल्यायो विद्युतीय सवारी साधन विक्री केन्द्र

images

काठमाडौँ । शशीला मोटर्स प्रालिले वीरगंजमा आफ्नो नयाँ विक्री केन्द्र सञ्चालनमा ल्याएको छ। प्रतिमा चोकस्थित नयाँ केन्द्रको उद्घाटन मधेश प्रदेशसभा सांसद तथा पूर्व राज्यमन्त्री रहबर अन्सारीले गरेका हुन्।

उद्घाटन समारोहमा बोल्दै अन्सारीले विद्युतीय सवारीको प्रयोगलाई प्रवर्द्धन गर्नुपर्ने बताए । उनले विद्युतको आन्तरिक खपत बढाउने नीति अवलम्बन गर्नुपर्नेमा जोड दिँदै विद्युतीय सवारी साधनको प्रयोगले इन्धन आयात घटाउनुका साथै वातावरणीय प्रदूषण न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने बताए।

images
images

शशीला मोटर्स प्रालिका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले कम्पनीले ग्राहकवर्गलाई सधैं गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए। उनले विक्री मात्र नभई, विक्री पछिको सेवा समेत सहज र प्रभावकारी बनाउने लक्ष्य लिएको उल्लेख गरे।

वीरगंज शाखा तथा सिमरा वर्कशप सञ्चालनमा आइसकेपछि बर्दिवास, दाङ, नेपालगन्ज, र बुटवलमा समेत छिट्टै शाखा विस्तार गर्ने योजना रहेको जानकारी कम्पनीले दिएको छ।

कार्यक्रममा भूमि समस्या समाधान समिति पर्साका अध्यक्ष तबरेज अहमद, नेकपा एमाले नेता सलाउद्दिन अहमद, अकोराबका वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटा लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

उद्घाटनकै अवसरमा शशीला मोटर्सले पाँच वटा विद्युतीय माइक्रोबस ग्राहकलाई हस्तान्तरण गरेको छ। यसअघि कम्पनीले बाराको सिमरामा रहेको मल्टिप्रपोज यातायात प्रालिलाई ३० वटा माइक्रोभ्यान हस्तान्तरण गरिसकेको छ।

शशीला मोटर्सले हाइगर, किटोन, भेन्ची लगायत विभिन्न ब्रान्डका विद्युतीय सवारी साधनको विक्री गर्दै आएको छ।

images
images

प्रतिक्रिया दिनुहोस्

images

Author

images

images
images

प्रतिक्रिया दिनुहोस्

images