काठमाडौँ । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदका लागि आवेदन दिएका उम्मेदवारहरूमध्ये छानिएका सर्ट लिस्टमा पाँच जनाको नाम सिफारिस भएका छन् । सोमबार अर्थ मन्त्रालयले एक सूचना जारी गर्दै व्यवसायिक कार्ययोजना प्रस्तुतिकरण तथा अन्तर्वार्ताका लागि चयन भएका उम्मेदवारहरूको सूची र मिति सार्वजनिक गरेको हो। सर्टलिस्टमा पर्नेहरुमा कमल प्रसाद रिमी, चिरञ्जीवी चापागाईं, दामोदर बसोला, रामशरण पुडासैनी,शरद ओझा रहेका छन् ।
मन्त्रालयका अनुसार अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गर्ने प्रक्रिया फागुन १० गते दिउँसो २ बजे अर्थ मन्त्रालय, सिंहदरबार, काठमाडौँमा हुने तय गरिएको छ। उक्त अन्तर्वार्तापछि नेपाल बीमा प्राधिकरण सञ्चालक समितिको अध्यक्ष नियुक्त गर्नका लागि सरकार समक्ष नाम सिफारिस गरिनेछ।



हुलाकी पाटी 







हुलाकी पाटी 





प्रतिक्रिया दिनुहोस्