धनकुटा । साँगुरीगढी गाउँपालिका वडा स्तरीय तेस्रो रनिङ शिल्ड पुरुष तथा महिला फुटवल प्रतियोगिता अन्र्तगत महिलातर्फ उपाधीका लागि वडा नं. ३ खुवाफोक र वडा नं. १० आहाले वीच प्रतिस्पर्धा हुने भएको छ ।
साँगुरीगढी गाउँपालिका वडा नं. ३ खुवाफोक खेल मैदानमा शुक्रवार सम्पन्न महिला तर्फको सेमिफाइनल खेलमा विजयी हुँदै वडा नं. ३ खुवाफोक र वडा नं. १० ताम्राङ फाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।
सेमिफाइनल तर्फको पहिलो खेलमा वडा नं. ४ फाक्सिवलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै वडा नं. १० आहाले फाइनलमा प्रवेश गरेको थियो । त्यस्तै आजै सम्पन्न दोस्रो सेमिफाइनल खेलमा वडा नंं ९ आहालेलाई शुन्यका विरुद्ध तीन गोलले पराजित गर्दै वडा नंं ३ खुवाफोक पनि फाइनलमा प्रवेश गरेको छ ।
त्यस्तै पुरुष तर्फको पहिलो सेमिफाइनल खेलमा वडा नं. ३ खुवाफोक लाई पेनाल्टी सुटआउटमा ३–२ गोलअन्तरले पराजित गर्दै वडा नंं ८ महाभारत फाइनलमा प्रवेश गरेको छ । निर्धारित समय दुवै टिमको १/१ गोलको वरावरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा वडा नं. ८ विजयी हुँदै फाइनलमा प्रवेश गर्न सफल भयो ।
दोस्रो सेमिफाइनल खेल खराव मौसमको कारण स्थगित भएको छ । वडा नं. १ वुढिमोरङ र वडा नं. ५ डाँडाबजार वीचको खेल खराव मौसमको कारण स्थगित भएको हो । खेलको ५० औं मिनेट संचालन भइरहँदा अध्यारो भएपछि निर्णायकले खेल स्थगित गरेका थिए । यी दुई वीचको खेल भोली विहान ९ बजे संचालन हुने प्रतियोगिताको खेल व्यवस्थापक किशोर मञ्जुल काफ्लेले बताए ।
साँगुरीगढी गाउँपालिका स्तरीय खेलकुद विकास समितिको आयोजनामा गत चैत्र १९ गते देखि प्रतियोगिता सँचालन हुँदै आइरहेको छ । प्रतियोगिताको पुरुष र महिला तर्फको फाइनल खेलमा भोली शनिवार संचालन हुनेछ ।
प्रतियोगिताको पुरुषतर्फ विजेताले नगद ६० हजार रुपैया सहित मेडल र ट्रफी प्राप्त गर्ने छ । भने उपविजेता हुने टिमले नगद ४० हजार रुपैया सहित मेडल र ट्रफी प्राप्त गर्ने साँगुरीगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले बताए । त्यस्तै महिला तर्फको विजेताले नगद ३० हजार रुपैया सहित मेडल र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै उपविजेता टिमले नगद २० हजार रुपैया सहित मेडल र ट्रफी प्राप्त गर्नेछन् ।





हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्