images
images
images

तेस्रो जय दगलसिंह शिखरपुर गोल्डकप आयोजक सहित ८ टिम सहभागी हुँदै

images

धनकुटा । आगामी चैत्र २९ गतेदेखि सुरु हुन लागेको तेस्रो जय दगलसिंह शिखरपुर गोल्डकप फुटवल प्रतियोगितामा आयोजक सहित ८ टिमले सहभागिता जनाउने भएका छन् । चौविसे गाउँपालिका वडा नं. ६ शिखरपुर खेलमैदानमा चैत्र २९ देखि वैशाख १ गतेसम्म संचालन हुने प्रतियोगितामा सहभागीता जनाउने टिमहरुको टुंगो लागेको हात्तिटार स्पोट्र्स क्लवका अध्यक्ष रत्नबहादुर राईले बताए ।

प्रतियोगितामा धनकुटाबाट आयोजक हात्तिटार स्पोट्र्स क्लब, पञ्चकन्या स्पोर्टिङ युथ क्लब बेङना सुनसरीबाट देउराली फुटबल क्लव, युवा जागृति फुटवल क्लव धरान, ताल तलैया फुटबल क्लव, मोरङबाट केराबारी फुटबल क्लव, पुष्पाञ्जली फुटबल र उदयपुरबाट गाईघाट युनाइटेड फुटवल उदयपुरले सहभागिता जनाउने छन् । केही दिन पछि प्रतियोगिता खेल तालिका सार्वजनिक हुने हुनेछ ।

images
images

प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार रुपैया सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ । भने उपविजेता हुने टिमले नगद ७५ हजार रुपैया सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने अध्यक्ष राईले बताए ।

प्रतियोगिता संचालनको लागि १४ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितालाई भव्य रुपमा संचालन गर्नका लागि दगलसिंह अक्षयकोष, चौविसे गाउँपालिका, साँगुरीगढी गाउँपालिका, प्रायोजक हिमालय ब्रुअरीसँगै विभिन्न व्यक्तिहरुबाट आर्थिक सहयोग प्राप्त भइरहेको क्लवका सदस्य रकेट राईले बताए । प्रतियोगिताको मिडिया पार्टनरको रुपमा मेरो गन्तव्य र हुलाकीपाटी अनलाइन छ । इन्टरनेट पार्टनरको रुपमा ईलिङ नेट प्रालि रहेको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्