धनकुटा । साँगुरीगढी गाउँपालिका वडा स्तरीय तेस्रो रनिङ शिल्ड पुरुष तथा महिला फुटवल प्रतियोगिताको महिलातर्फ वडा नं. ३ खुवाफोक र पुरुषतर्फ वडा नं. ८ महाभारतले जितेको छ ।
साँगुरीगढी गाउँपालिका वडा नं. ३ खुवाफोक खेल मैदानमा शनिवार सम्पन्न महिला तर्फको फाइनल खेलमा वडा नं. १० ताम्राङलाई शुन्यका विरुद्ध दुई गोलले पराजित गर्दै वडा नं ३ ले उपाधी जितेको हो । वडा नं ३ को जितमा दुवै गोल विनिताले गरेकी थिइन् ।
त्यस्तै आजै सम्पन्न पुरुष तर्फको फाइनल खेलमा वडा नं ५ लाई पेनाल्टी सुटआउटमा ६-५ गोलअन्तरले पराजित गर्दै वडा नं ८ ले उपाधि जितेको छ । निर्धारित समय गोलरहित वरावरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।
प्रतियोगिताको पुरुषतर्फ विजेताले नगद ६० हजार रुपैया सहित मेडल र ट्रफी उपविजेता हुने टिमले नगद ४० हजार रुपैया सहित मेडल र ट्रफी प्राप्त गरेको छ । त्यस्तै महिला तर्फको विजेताले नगद ३० हजार रुपैया सहित मेडल र ट्रफी उपविजेता टिमले नगद २० हजार रुपैया सहित मेडल र ट्रफी प्राप्त गरेको छ ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्