images
images
images

तेस्रो जय दगलसिंह शिखरपुर गोल्डकपको खेल तालिका सार्वजनिक

चैत्र २९ गते देखि चौविसे गाउँपालिका वडा नं. ६ हात्तिटार स्थित शिखरपुर खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटनको दिन दुई खेल संचालन हुनेछ ।

images

धनकुटा । आगामी चैत्र २९ गतेदेखि चौविसे गाउँपालिका वडा नं. ६ स्थित हात्तिटारमा आयोजना हुन लागेको तेस्रो जय दगलसिंह शिखरपुर गोल्डकप फुटवल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । हात्तिटारस्थित शिखरपुर खेल मैदानमा संचालन हुने प्रतियोगिताको उद्घाटनको दिन दुई खेल संचालन हुनेछ ।

चैत्र २९ गते विहान ११ बजे हुने पहिलो खेलमा धरानको राष्ट्रिय जागृति फुटवल क्लव र साँगुरीगढीको पञ्चकन्या स्पोर्टिङ क्लव वीच प्रतिस्पर्धा हुनेछ । सोही दिन दिउँसो १ बजो आयोजक हात्तिटार स्पोट्र्स क्लव र धरानको देउराली फुटवल क्लव वीच प्रतिस्पर्धा हुने खेल तालिकामा उल्लेख छ । उद्घाटनको दिन सञ्चालन हुने दुई खेलका विजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

images
images

त्यस्तै चैत्र ३० गते दुई खेल संचालन हुनेछ । विहान ११ बजे उदयपुरको गाईघाट युनाइटेड क्लव र मोरङको केराबारी फुटवल क्लव वीच प्रतिस्पर्धा हुदा सोही दिन दिउँसो १ बजे सुनसरीको तालतलैया फुटवल क्लव र पुष्पाञ्जली फुटवल क्लव मोरङ वीच प्रतिस्पर्धा हुने बताइएको छ ।

प्रतियोगिता अन्र्तगत चैत्र ३१ गते सेमिफाइनलका दुई खेल संचालन हुनेछ भने फाइनल खेल नयाँ वर्ष २०८२ को पहिलो दिन वैशाख १ गते दिउँसो १ बजे हुने छ ।

प्रतियोगिता संचालनको लागि १४ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार रुपैया सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ । भने उपविजेता हुने टिमले नगद ७५ हजार रुपैया सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजक हात्तिटार स्पोट्र्स क्लवका अध्यक्ष रत्नबहादुर राईले बताए ।

सहयोगी संस्थाको रुपमा चौविसे गाउँपालिका रहेको प्रतियोगितालाई प्रायोजक हिमालय ब्रुवरी लिमिटेडले गरेको छ । इन्टरनेट पाट्नर ईलिङ नेट प्रा.लि र मिडिया पाट्नरको रुपमा मेरो गन्तव्य र हुलाकीपाटी अनलाइन न्यूज पोर्टल रहेको छ । सम्पूर्ण खेलको प्रत्यक्ष प्रशारण मेरो गन्तव्य फेसवुक पेज र यूट्यूवबाट हुनेछ ।

images
images

प्रतिक्रिया दिनुहोस्