धनकुटा । आयोजक हात्तिटार स्पोट्र्स क्लव तेस्रो जय दगलसिंह शिखरपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । धरानको देउराली फुटवल क्लवलाई पेनाल्टी सुटआउटमा ३–१ गोलअन्तरले पराजित गर्दै आयोजक टिम सेमिफाइनलमा प्रवेश गरेको हो ।
पेनाल्टी सुटआउटमा आयोजकको तर्फबाट वुद्ध चेम्जोङ, प्रतिक मगर, विश्व लिम्बूले गोल गरे । भने रविन लिम्बूको प्रहार देउरालीका गोलकिपर विपुल मगरले रोकेका थिए । त्यस्तै देउरालीको तर्फबाट नोगेन राईले मात्र गोल गर्न सफल भए । अमित गजमेर, सुशिल राई र श्रीकृष्ण राईको प्रहार आयोजक टिमका गोलकिपर मनिष लिम्बूले रोकेका थिए ।
आयोजक र देउराली वीचको खेल खराव मौसमको कारण हिजो स्थगित भएको थियो । निर्धारित समय गोलरहित वरावरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । प्रतियोगिता अन्र्तगत आज पनि दुई खेल संचालन हुने छ ।
हात्तिटार स्पोट्र्स क्लवको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार रुपैया सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ । भने उपविजेता हुने टिमले नगद ७५ हजार रुपैया सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजक हात्तिटार स्पोट्र्स क्लवका अध्यक्ष रत्नबहादुर राईले बताए । आगामी नयाँ वर्षको पहिलो दिन २०८२ को वैशाख १ गते सम्म संचालन हुने प्रतियोगिता संचालनको लागि १४ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ ।
सहयोगी संस्थाको रुपमा चौविसे गाउँपालिका रहेको प्रतियोगितालाई प्रायोजक हिमालय ब्रुवरी लिमिटेडले गरेको छ । इन्टरनेट पाट्नर ईलिङ नेट प्रा.लि र मिडिया पाट्नरको रुपमा मेरो गन्तव्य र हुलाकीपाटी अनलाइन न्यूज पोर्टल रहेको छ । सम्पूर्ण खेलको प्रत्यक्ष प्रशारण मेरो गन्तव्य फेसवुक पेज र यूट्यूवबाट भइरहेको छ ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्