images
images
images

केरावारी र तालतलैया फुटवल क्लव विजयी हुँदै सेमिफाइनलमा

केरावारी फुटवल क्लव पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले र तालतलैया फुटवल क्लव २–१ विजयी हुँदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

images

धनकुटा । चौविसे गाउँपालिका वडा नं. ६ हात्तिटारमा जारी तेस्रो जय दगलसिंह शिखरपुर गोल्डकप अन्र्तगत शनिवार सम्पन्न खेलमा मोरङको केरावारी फुटवल क्लव र सुनसरीको तालतलैया फुटवल क्लव विजयी भएका छन् ।

हात्तिटार खेल मैदानमा सम्पन्न पहिलो खेलमा केरावारी फुटवल क्लवले गाईघाट फुटवल क्लवलाई पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले पराजित गरेको छ । निर्धारित समय गोलरहित वरावरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । उक्त खेलको म्यान अफ द म्याच केरावारी फुटवल क्लवका गोलकिपर पुर्ण चेम्जोङ घोषित भएका थिए । उनले नगद २ हजार ५ सय रुपैया सहित मेडल प्राप्त गरे ।

images
images

त्यस्तै आजै सम्पन्न दोस्रो खेलमा त्यस्तै दोस्रो खेलमा सुनसरीको तालतलैया फुटवल क्लवले मोरङको पुष्पाञ्जली फुटवल क्लवलाई २–१ गोलअन्तरले पराजित गरेको छ । तालतलैयाको जितमा सिगल राईले २५ औं मिनेटमा, करण चौधरीले २८ औं मिनेटमा गरेका थिए । पुष्पाञ्जलीको तर्फवाट सान्त्वना गोल पेनाल्टी मार्फत ३० औं मिनेटमा कान्छा श्रेष्ठले गरेका थिए । सो खेलको म्यान अफ द म्याच तालतलैया फुटवल क्लवका सिगल राई घोषित हुँदै नगद २ हजार ५ सय रुपैया सहित मेडल प्राप्त गरे । शनिवारको खेलमा विजयी यी दुई टिम प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आजको खेल सँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । आयोजक हात्तिटार स्पोट्र्स क्लवसँगै पञ्चकन्या स्पोटिङ क्लव साँगुरीगढीले यस अघि नै सेमिफाइनलको यात्रा तय गरिसकेका छन् ।

भोलि चैत्र ३१ गते आइतवार दुई सेमिफाइनलका खेल संचालन हुनेछ । फाइनल प्रवेशका लागि पहिलो सेमिफाइनल खेल विहान ११ बजे साँगुरीगढीको पञ्चकन्या स्पोटिङ क्लव र मोरङको केरावारी फुटवल क्लव वीच प्रतिस्पर्धा हुने छ । त्यस्तै दिउँसो १ बजे हुने दोस्रो सेमिफाइनल खेलमा आयोजक हात्तिटार स्पोट्र्स क्लव र सुनसरीको तालतलैया फुटवल क्लव वीच प्रतिस्पर्धा हुनेछ ।

हात्तिटार स्पोट्र्स क्लवको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार रुपैया सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ । भने उपविजेता हुने टिमले नगद ७५ हजार रुपैया सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजक हात्तिटार स्पोट्र्स क्लवका अध्यक्ष रत्नबहादुर राईले बताए । आगामी नयाँ वर्षको पहिलो दिन २०८२ को वैशाख १ गते सम्म संचालन हुने प्रतियोगिता संचालनको लागि १४ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ ।

सहयोगी संस्थाको रुपमा चौविसे गाउँपालिका रहेको प्रतियोगितालाई प्रायोजक हिमालय ब्रुवरी लिमिटेडले गरेको छ । इन्टरनेट पाट्नर ईलिङ नेट प्रा.लि र मिडिया पाट्नरको रुपमा मेरो गन्तव्य र हुलाकीपाटी अनलाइन न्यूज पोर्टल रहेको छ । सम्पूर्ण खेलको प्रत्यक्ष प्रशारण मेरो गन्तव्य फेसवुक पेज र यूट्यूवबाट भइरहेको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्