images
images
images

निर्वाचनअघि संविधान संशोधन गर्नुपर्छ: महामन्त्री थापा

images

धनकुटा । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले २०८४ को निर्वाचन अघि एकपटक संविधान संशोधन गर्नुपर्ने भएका छन् ।
नेपाली कांग्रेस धनकुटाले शनिबार आयोजना गरेको भेटघाट कार्यक्रममा बाल्दै महामन्त्री थापाले संविधान संशोधन गरेर मात्र ०८४ को निर्वाचनमा जानुपर्ने बताए । अहिलेको संविधानमा रहेको निर्वाचन प्रणाली, उपराष्ट्रपतिको भूमिका र जिम्मेवारी लगायतका कतिपय विषयमा संशोधन आवश्यक रहेकोले संशोधन गरेर मात्र निर्वाचनमा जानुपर्ने बताए । २०८४ को चुनावमा कोहीसँग गठबन्धन नगर्ने बताउँदै अरुले गठबन्धन गर्न सक्ने भएकाले बलियो संगठन बनाउनु पर्ने बताए । थापाले आन्तरिक गुटका कारण भातृ संगठनको अधिवेशन हुन नसकेको बताउँदै केन्द्रको अधिवेशन नभएपनि जिल्लाको गर्न छलफल गर्नुपर्ने बेला आएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश सहमहामन्त्री खड्ग फागो, संविधानसभा सदस्य मनोहरनारायण श्रेष्ठ लगायतले पार्टीमा गुट बलियो भएको भन्दै गुटभन्दा पार्टी बलियो बनाउनु पर्नेमा जोड दिए । नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन जिल्ला सचिव जयन्द्र घिसिङले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य अर्का जिल्ला सचिव विजयसन्तोषी राईले र जिल्लाको सांगठनिक विषयमा जिल्ला सह–सचिव गिरिराज दाहालले धारणा राखेका थिए ।

images
images

images
images

प्रतिक्रिया दिनुहोस्