images
images
images

चौथो पालिका स्तरीय कर्मचारी फुटवल प्रतियोगिता सुरु

images

धनकुटा । धनकुटामा चौथो संस्करणको अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । धनकुटा सदरमुकामस्थित तल्लो टुडिखेलमा सुरु भएको प्रतियोगिता अन्तरगत पहिलो दिन क्वाटरफाइनलका चार खेल संचालन भए । प्रतियोगिताको पहिलो खेलमा धनकुटा नगरपालिकाले सहिदभूमि गाउँपालिकालाई २–० को गोलअन्तरले हराउँदै विजयी भएको थियो ।

दोस्रो खेलमा साँगुरीगढी गाउँपालिका छथर जोरपाटी गाउँपालिकासँग १–० गोल अन्तरले पराजित भयो । त्यस्तै तेस्रो खेलमा पाख्रिबास नगरपालिकालाई २–० गोलले हराउँदै महालक्ष्मी नगरपालिका विजयी भएको थियो । अन्तिम खेलमा कर्मचारी मिलन केन्द्रले चौविसे गाउँपालिकालाई २–० गोल अन्तरले पराजित ग¥यो ।

images
images

आजको खेलमा विजयी हुने सवै टिम सेमिफाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलको खेल भोली आइतवार विहान संचालन हुनेछन् । विहान ८ बजे हुने पहिलो सेमिफाइनल खेलमा धनकुटा नगरपालिकाले महालक्ष्मी नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै दोस्रो खेल १० बजे संचालन हुनेछ । छथरजोरपाटी गाउँपालिका र कर्मचारी मिलन केन्द्र वीच प्रतिस्पर्धा हुनेछ । भोलि नै फाइनल खेल हुनेछ । फाइनल खेल दिउँसो ३ बजे हुने आयोजक धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले बताए ।
प्रतियोगिताको विजेता टिमले नगद ६० हजार र उपविजेता टिमले नगद ४० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलले रेफ्रिलाई वल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए ।

images
images

प्रतिक्रिया दिनुहोस्