images
images
images

छैठौं फाक्सिव गोल्डकप: घरेलु मैदानमा आयोजक स्तब्ध, सिसिडिआइसी र संजीवनी सेमिफाइनलमा

images

धनकुटा । संजीवनी क्लवसँग पराजित हुँदै आयोजक टीम छैठौं फाक्सिव गोल्डकपको पहिलो खेलवाटै वाहिरिएको छ । साँगुरीगढी गाउँपालिका वडा नं. ४ फाक्सिव खेलमैदानमा आइतवार सम्पन्न पहिलो खेलमा वुढिमोरङको संजीवनी क्लवसँग ४–० गोलअन्तरले पराजित हुँदै आयोजक टिम फाक्सिव फुटवल क्लव पहिलो खेलवाटै वाहिरिएको हो ।

आयोजकलाई पराजित गरेको संजीवनी सेमिफाइनलमा प्रवेश गरेको छ । संजीवनीको जितमा गोविन्द लिम्बू र सलिन राईले दुई÷दुई गोल गरेका थिए । खेलको म्यान अफ द म्याच संजीवनीका सलिन राई घोषित हुँदै नगद २ हजार १ सय रुपैया र मेडल प्राप्त गरे ।
त्यस्तै आजै सम्पन्न दोस्रो खेलमा मौनावुधुकको सिसिडिआइसी फुटवल क्लवले किरात यूथ क्लवलाई ६–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ ।

images
images

आजको खेल सम्पन्न भएसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । यस अघि नै राजारानीको रारा फुटवल क्लव र भेडेटारको पाथिभरा फुटवल क्लव सेमिफाइलन पुगिसकेका छन् । सेमिफाइनलको दुई खेल भोली सोमवार संचालन हुनेछ । पहिलो सेमिफाइनल खेल रारा फुटवल क्लव र संजीवनी क्लव वीच दिउँसो १ बजे हुनेछ । भने दोस्रो सेमिफाइनल खेल पाथिभरा क्लव र सिसिडिआइसी फुटवल क्लव वीच दिउँसो ३ बजे संचालन हुनेछ ।
प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैया नगद सहित ट्रफी र मेडल प्राप्त गर्नेछ । त्यस्तै उपविजेता हुने टिमले नगद ६६ हजार ६ सय ६६ रुपैया सहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजक फाक्सिव फुटवल क्लवका अध्यक्ष पुजन आङ्लाले बताए । विधागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुलाई पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिता आगामी २०८२ वैशाख २ गतेसम्म संचालन हुने प्रतियोगितालाई भव्य रुपमा संचालन गर्न साँगुरीगढी गाउँपालिका, ४ नं. वडा कार्यालय सहित देश तथा विदेश रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । प्रतियोगिताको मिडिया पार्टनरमो रुपमा हुलाकी पाटी अनलाइन न्यून पोर्टल र मेरो गन्तव्य रहेको छ । हरेक खेलको मेरो गन्तव्यले प्रत्यक्ष प्रशारण गरिरहेको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्