images
images
images

धनकुटा नगरपालिकालाई चाैथाे पालिका स्तरीय कर्मचारी फुटबल प्रतियोगिताको उपाधी

images

धनकुटा । धनकुटा नगरपालिकाले चौथो पालिका स्तरीय कर्मचारी फुटवल प्रतियोगिताको उपाधी जितेको छ । धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा आइतवार सम्पन्न फाइनल खेलमा कर्मचारी मिलन केन्द्रको टिमलाई २–१ गोलअन्तरले पराजित गर्दै धनकुटा नगरपालिकाले उपाधी जितेको हो ।

उपाधिसँगै धनकुटा नगरपालिकाको टिमलाई नगद ६० हजार रुपैया सहित ट्रफी र मेडल प्राप्त गरेको छ । भने उपविजेता वनेको कर्मचारी मिलन केन्द्रले नगद ४० हजार रुपैया सहित ट्रफी र मेडलमा चित्त वुझाएको छ ।

images
images

पहिलो हाफ वरावरीमा सकिएपनि दोस्रो खेलको सुरुवातमा कर्मचारी मिलन केन्द्रका विजय तामाङले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए । खेलको अन्त्यतिर धनकुटा नगरपालिकाका वसन्त राईले गोल गर्दै खेललाई एक÷एक गोलको वरावरीमा ल्याए । अन्तिम समयमा धनकुटा नगरपालिकाका अनुप मगरको प्रहारमा कर्मचारी मिलन केन्द्रका अर्जुन राईको हेडमार्फत आत्मघाती गोलमा धनकुटा नगरपालिका उपाधी जित्न सफल भयो ।

फाइनल खेलको म्यान अफ द म्याच धनकुटा नगरपालिकाका वसन्त राई घोषित भए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी धनकुटा नगरपालिकाको संजय रम्तेल घोषित भए । त्यस्तै धनकुटा नगरपालिकाका नविन कार्की उत्कृष्ड डिफेन्स, कर्मचारी मिलन केन्द्रका विजय तामाङ उत्कृष्ट फरवार्ड, सन्तोष राई उत्कृष्ट मिडफिल्टर घोषित हुँदा महालक्ष्मी नगरपालिकाका गौतम गुरुङ प्रतियोगिताभर ३ गोल गर्दै सर्वाेधिक गोलकर्ता वने ।

धनकुटा नगरपालिकाको आयोजनामा संचालन भएको प्रतियोगितामा धनकुटा नगरपालिका सहित साँगुरीगढी गाउँपालिका, चौविसे गाउँपालिका, सहिदभूमि गाउँपालिका, छथरजोरपाटी गाउँपालिका, पाख्रिवास नगरपालिका, महालक्ष्मी नगरपालिका र कर्मचारी मिलन केन्द्र गरि ८ टिमको सहभागिता रहेको थियो ।

 

images
images

प्रतिक्रिया दिनुहोस्