images
images
images

आयोजक हात्तिटार र केरावारी फुटवल क्लव फाइनल प्रवेश

images

धनकुटा । चौविसे गाउँपालिका वडा नं. ६ हात्तिटारमा जारी तेस्रो जय दगलसिंह शिखरपुर गोल्डकपमा उपाधीका लागि आयोजक टीम र मोरङको केरावारी फुटवल क्लव वीच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगिता अन्र्तगत आइतवार सम्पन्न खेलमा विजयी हुँदै आयोजक हात्तिटार स्पोट्र्स क्लव र केरावारी फुटवल क्लव फाइनलमा प्रवेश गरेका हुन् । उपाधिका लागि यी दुुई टिम विच भोलि सोमवार प्रतिस्पर्धा हुनेछ ।

आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा केरावारी फुटवल क्लवले पंचकन्या फुटवललाई १–० गोलअन्तरले पराजित गरेको थियो । केरावारीको जितमा एक मात्र निर्णायक गोल प्रवेश वस्नेतले गरेका थिए । उनी खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद २ हजार ५ सय रुपैया र मेडल प्राप्त गरे ।

images
images

त्यस्तै आजै सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक हात्तिटार स्पोट्र्स क्लवले सुनसरीको तालतलैया फुटवल क्लवलाई पेनाल्टी सुटआउटमा ५–४ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो । निर्धारित समय एक/एक गोलको वरावरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा आयोजक विजयी हुँदै फाइनलमा प्रवेश ग¥यो । उक्त खेलको म्यान अफ द म्याच आयोजक टिमका वुद्ध चेम्जोङ घोषित भए । उनले नगद २ हजार ५ सय रुपैया र मेडल प्राप्त गरे ।

हात्तिटार स्पोट्र्स क्लवको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार रुपैया सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ । भने उपविजेता हुने टिमले नगद ७५ हजार रुपैया सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजक हात्तिटार स्पोट्र्स क्लवका अध्यक्ष रत्नबहादुर राईले बताए । आगामी नयाँ वर्षको पहिलो दिन २०८२ को वैशाख १ गते सम्म संचालन हुने प्रतियोगिता संचालनको लागि १४ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ ।

सहयोगी संस्थाको रुपमा चौविसे गाउँपालिका रहेको प्रतियोगितालाई प्रायोजक हिमालय ब्रुवरी लिमिटेडले गरेको छ । इन्टरनेट पाट्नर ईलिङ नेट प्रा.लि र मिडिया पाट्नरको रुपमा मेरो गन्तव्य र हुलाकीपाटी अनलाइन न्यूज पोर्टल रहेको छ । सम्पूर्ण खेलको प्रत्यक्ष प्रशारण मेरो गन्तव्य फेसवुक पेज र यूट्यूवबाट भइरहेको छ ।

 

images
images

प्रतिक्रिया दिनुहोस्