images
images
images

छैठौं फाक्सिव गोल्डकपको फाइनलमा पाथिभरा र रारा फुटवल क्लव

images

धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. ४ मा जारी छैठौं फाक्सिव गोल्डकप आमन्त्रित पुरुष फुटवल प्रतियोगितामा पाथिभरा फुटवल क्लव र रारा फुटवल क्लव फाइनलमा प्रवेश गरेका छन् । सोमवार सम्पन्न सेमिफाइनल खेलमा विजयी हुँदै यी दुई टिम फाइनल प्रवेश गरेका हुन् । फाइनल खेल भोली मंगलवार हुनेछ ।

आज सम्पन्न पहिलो सेमफाइनल खेलमा राजारानीको रारा फुटवल क्लवले वुढिमोरङको संजीवनी फुटवल क्लवलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । त्यस्तै आजै सम्पन्न दोस्रो सेमिफाइनल खेलमा भेडेटारको पाथिभरा फुटवल क्लवले मौनावुधुकको सिसिडिआइसीलाई ३–० गोल अन्तरले पराजित गदै फाइनल यात्रा तय गरेको छ ।

images
images

प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैया नगद सहित ट्रफी र मेडल प्राप्त गर्नेछ । त्यस्तै उपविजेता हुने टिमले नगद ६६ हजार ६ सय ६६ रुपैया सहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजक फाक्सिव फुटवल क्लवका अध्यक्ष पुजन आङ्लाले बताए ।

हरेक खेलमा म्यान अफ द म्याच र विधागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुलाई पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता संकलनको लागि साँगुरीगढी गाउँपालिका, ४ नं. वडा कार्यालय सहित देश तथा विदेश रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । प्रतियोगिताको मिडिया पार्टनरमो रुपमा हुलाकी पाटी अनलाइन न्यून पोर्टल र मेरो गन्तव्य रहेको छ । हरेक खेलको मेरो गन्तव्यले प्रत्यक्ष प्रशारण गरिरहेको छ ।

 

images
images

प्रतिक्रिया दिनुहोस्