images
images
images

पाथिभरा फुटवल क्लवलाई फाक्सिव गोल्डकपको उपाधी

images

धनकुटा । छैठौं फाक्सिव गोल्डकप आमन्त्रित पुरुष फुटवल प्रतियोगिताको उपाधि पाथिभरा फुटवल क्लवले जितेको छ । साँगुरीगढी गाउँपालिका वडा नं ४ स्थित फाक्सिव खेलमैदानमा बुधवार सम्पन्न फाइनल खेलमा राजारानीको  रारा फुटवल क्लवलाई ३-० को फराकिलो गोलअन्तरले पराजित गर्दै भेडेटारको पाथिभरा फुटवल क्लवले उपाधि जितेहो हाे ।

उपाधिसँगै पाथिभरा फुटवल क्लवले १ लाख ११ हजार १ सय ११ रुपैया नगद सहित ट्रफी र मेडल प्राप्त गरेको छ । त्यस्तै उपविजेता बनेको रारा फुटवल क्लवले नगद ६६ हजार ६ सय ६६ रुपैया सहित ट्रफी र मेडलमा चित्त वुझाएको छ । प्रतियोगिताका विजेता तथा उपविजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई लगायतले पुरस्कार वितरण गरेका थिए ।

images
images

फाक्सिव फुटवल क्लवको आयोजनामा संचालनका लागि साँगुरीगढी गाउँपालिका, ४ नं. वडा कार्यालय सहित देश तथा विदेश रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका थिए । प्रतियोगिताको मिडिया पार्टनरको रुपमा हुलाकी पाटी अनलाइन न्यून पोर्टल र मेरो गन्तव्य रहेको थियो । हरेक खेलको मेरो गन्तव्यले प्रत्यक्ष प्रशारण गरेको थियो ।

images
images

प्रतिक्रिया दिनुहोस्