images
images
images

गाईघाट फुटवल क्लवलाई चाैथो साँगुरीगढी डाँडाबजार गोल्डकपको उपाधी

सुनसरीको तालतलैया फुटवल क्लवलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै गाईघाट फुटवल क्लवले उपाधी जितेको हो ।

images
धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं ५ स्थित डाँडाबजारमा सम्पन्न चाैथो संस्करणको साँगुरीगढी डाँडाबजार गोल्डकपको उपाधी उदयपुरकाे गाईघाट फुटवल क्लवले जितेको छ ।  शनिवार डाँडाबजार खेलमैदानमा सम्पन्न फाइनल खेलमा सुनसरीको तालतलैया फुटवल क्लवलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै गाईघाट फुटवल क्लवले उपाधी जितेको हो । विजेता बनेको गाईघाट फुटबल क्लवले नगद ३ लाख रुपैया सहित ट्रफी र मेडल प्राप्त परेको थियो । भने उपविजेता तालतलैया फुटबल क्लवले नगद एक लाख ५५ हजार रुपैयमा चित्त बुझायो ।
कार्यक्रमका प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई, उपाध्यक्ष मुना राई, ५ नं वडाध्यक्ष खड्गबहादुर लिम्वू, जिल्ला फुटवल संघ धनकुटाका अध्यक्ष मणी चेम्जोङ लगायतले पुरस्कार वितरण गरेका थिए । डाँडाबजार फुटवल क्लवको आयोजनामा गतवैशाख १७ गतेदेखि सुरु भएको प्रतियोगितामा आयोजक सहित विभिन्न जिल्लाका ८ टिमको सहभागीता रहेको अध्यक्ष राजकुमार लिम्बुले बताए ।

images
images

प्रतिक्रिया दिनुहोस्