images
images
images

आयोजक टिम घरेलु मैदानमा स्तब्ध, गोल्डेनस्टार ४–० ले विजयी

आयोजक टिम रारा फुटवल क्लव घरेलु मैदानमा सुनसरीको गोल्डेनस्टार क्लवसँग ४–० गोलअन्तरले स्तव्ध भएको छ ।

images

धनकुटा । चौबिसे गाउँपालिका केन्द्र राजारानीमा आजदेखि १२ औं संस्करणको रारा रनिङ गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । पुण्य माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न उद्घाटन खेलमा आयोजक टिम रारा फुटवल क्लव घरेलु मैदानमा सुनसरीको गोल्डेनस्टार क्लवसँग ४–० गोलअन्तरले स्तव्ध भएको छ । उद्घाटन खेलमा विजयी हुँदै गोल्डेनस्टार सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो हाफमा आयोजक माथि १-० को अग्रता बनाएको गोल्डेस्टारले दोस्रो हाफमा तीन गोल गर्दै फराकिलो जित हासिल गरेको थियो । खेलको सुरुवात देखि नै गोल्डेनस्टारले आयोजकलाई दवावमा राखेको थियो । आयोजकले घरेलु दर्शकको साथ र खेलमैदानको फाइदा लिन सकेन ।  गोल्डेनस्टारको जीतमा हेमन लिम्बू, अभिषेक गुरुङ, निवासले गोल गरे । आज सम्पन्न खेलको प्लेयर अफ द म्याच गोल्डेनस्टारका हेमन लिम्बू घोषित भए । उनले ७ हजार ५ सय रुपैय नगद सहित ट्रफी प्राप्त गरे ।

images
images

प्रतियोगिता अन्तर्गत भोलि मंगलवार धनकुटाको डाँडाबजार फुटवल क्लव र मोरङको एलएक्स सिटी फुटवल क्लव वीच प्रतिस्पर्धा
हुनेछ । प्रतियोगितामा आयोजक सहित आठ टिमको सहभागिता रहेको छ । सो प्रतियोगितामा ४४ लाख ५० हजार आम्दानी र ४२ लाख २५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । धनकुटाको प्रतिष्ठित प्रतियोगिता मानिने रारा गोल्डकप ०५८ सालबाट सञ्चालन गर्न थालिएको हो । १२ औं संस्करणको विजेताले नगद ७ लाख र उपविजेताले ३ लाख सहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । विधागततर्फ हरेक विधाका उत्कृष्ट खेलाडीले जनही १० हजार रुपैयाँ र हरेक खेलमा म्यान अफ द म्याच घोषित हुने खेलाडीले नगद ७ हजार ५ सय रुपैया पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको संरक्षकमा चौविसे गाउँपालिका र प्रायोजक गोर्खा ब्रुअरी छन् । अग्नी बसुन्धरा स्मृति प्रतिष्ठान एवम् खानेपानी तथा बजार व्यवस्थापन समिति सहयोग संस्थाको रुपमा छन् ।

प्रतियोगिताको उद्घाटन चौविसे गाउँपालिका अध्यक्ष राजकुमार लिम्बूले गरेका थिए । रारा फुटवल क्लवका अध्यक्ष मणी चेम्जोङको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहको संचालन सचिव जीवन कटुवालले गरेका थिए ।

images
images

प्रतिक्रिया दिनुहोस्