images
images
images

सहज जित निकाल्दै एल एक्स सिटी फुटबल क्लब सेमिफाइनलमा

धनकुटाको डाँडाबजार फुटवल क्लवलाई २–० गोलअन्तरले पराजित गर्दै मोरङको एलएक्स सिटी वेलवारी सेमिफाइनलमा प्रवेश गरेको छ ।

images

धनकुटा l राजारानीमा जारी १२ औं संस्करणको रारा रनिङ गोल्डकप फुटबल प्रतियोगिता अन्र्तगत मंगलवार सम्पन्न क्वाटरफाइनल खेलमा सहज जित निकाल्दै मोरङको एलएक्स फुटवल क्लव वेलवारी सेमिफाइनलमा प्रवेश गरेको छ ।

पुण्य माविको खेल मैदानमा सम्पन्न खेलमा धनकुटाको डाँडाबजार फुटवल क्लवलाई २–० गोलअन्तरले पराजित गर्दै एलएक्स वेलवारी सेमिफाइनलमा प्रवेश गरेको हो । एलएक्स वेलवारीको जितमा अभिषेक ठकुरीले १३ औं मिनेटमा र अरुण तामाङले ५१ औं मिनेटमा गोल गरेका थिए । आज सम्पन्न खेलको प्लेयर अफ द म्याच एल एक्स वेलवारी मोरङका प्रदिप लामा घोषित भए । उनले नगद ७ हजार पाँच सय रुपैया सहित मेडल प्राप्त गरे ।

images
images

प्रतियोगिता अन्र्तगत वुधवार सिराहाको सलहेस युथ क्लव र झापाको विर्तामोड युनाइटेड क्लव वीत प्रतिस्पर्धा हुने आयोजक रारा फुटवल क्लवका अध्यक्ष मणि चेम्जोङले बताए । धनकुटाको प्रतिष्ठित प्रतियोगिता मानिने रारा गोल्डकप ०५८ सालबाट सञ्चालन गर्न थालिएको हो । १२ औं संस्करणको विजेताले नगद ७ लाख र उपविजेताले ३ लाख सहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । विधागततर्फ हरेक विधाका उत्कृष्ट खेलाडीले जनही १० हजार रुपैयाँ र हरेक खेलमा म्यान अफ द म्याच घोषित हुने खेलाडीले नगद ७ हजार ५ सय रुपैया पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको संरक्षकमा चौविसे गाउँपालिका र प्रायोजक गोर्खा ब्रुअरी छन् । अग्नी बसुन्धरा स्मृति प्रतिष्ठान एवम् खानेपानी तथा बजार व्यवस्थापन समिति सहयोग संस्थाको रुपमा छन् ।

images
images

प्रतिक्रिया दिनुहोस्

images
Hulaki Pati
images
SKIP THIS