धनकुटा । राजारानीमा जारी १२ औँ संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो खेलमा झापाको विर्तामोड युनाइटेड क्लब विजयी भएको छ ।
राजारानीस्थित पुण्य माविको खेल मैदानमा सम्पन्न खेलमा साविक विजेता सिराहाको सलहेश फुटबल क्लबलाई ट्राइबेकरमा २–१ गोल अन्तरले पराजित गर्दै विर्तामोड युनाइटेड विजयी भएको हो ।
निर्धारित समय भित्र दुवै टिमवाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा विर्तामोडको तर्फबाट आशिष चापागाईं र विक्रम तामाङले गोल गरे । सलहेशको तर्फबाट एक मात्र गोल आदित्य शाक्यले गरेका थिए । खेलको प्लेयर अफ म्याच विर्तामोडका गोलकिपर अभिषेक बराल घोषित हुँदै ७ हजार ५ सय र मेडल प्राप्त गरे । आजको खेल जित्दै वितामोड सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिता अन्र्तगत बिहीबार लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लब र सर्लाहीको बागमती युथ क्लब वीच अन्तिम क्वाटरफाइनलको खेल हुनेछ ।
आगामी जेठ ४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ७ लाख र उपविजेताले ३ लाख रुपैयाँसहित ट्रफि मेडल, कप, प्रमाणपत्र प्राप्त गर्नेछ । विधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई नगद सहित पुरस्कारको व्यवस्था गरिएको छ । जिल्लाकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता २०५८ सालदेखि हरेक वर्ष संचालन भइरहेको छ ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्