images
images
images

माैसमकाे ह्याट्रिकमा विर्तामोड फाइनलमा, गोल्डेनस्टार ४-१ ले पराजित

सुनसरीको गोल्डेनस्टार युथ क्लवलाई ४–१ गोलअन्तरले पराजित गर्दै झापाको विर्तामोड युनाइटेड उपाधी नजिक पुगेको छ ।

images

धनकुटा । झापाको विर्तामोड युनाइटेड क्लव राजारानीमा जारी १२ औँ संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगिता उपाधी नजिक पुगेको छ । शुक्रवार राजारानी खेलमैदानमा सम्पन्न प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा सुनसरीको गोल्डेन स्टार युथ क्लवलाई ४–१ गोलअन्तरले पराजित गर्दै विर्तामोड युनाइटेड उपाधी नजिक पुगेको हो ।

झापाको जितमा मौसम सुब्बाले तीन गोल गर्दै ह्याक्ट्रिक गरे । झापाको लागि अर्को गोल आर्यन राईले गरेका थिए । त्यस्तै गोल्डेनस्टारको तर्फबाट एक मात्र सान्त्वना गोल सविन रेग्मीले गरेका थिए । आज सम्पन्न खेलको प्लेयर अफ द म्याच झापाका मौसम सुब्बा घोषित हुँदै नगद ७ हजार ५ सय रुपैया सहित ट्रफी प्राप्त गरे ।

images
images

प्रतियोगिता अन्र्तगत शनिवार फाइनल प्रवेशको लागि ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र मोरङको एलएक्स सिटी फुटवल क्लव मोरङ वीच सेमिफाइनल खेल हुनेछ । आगामी जेठ ४ गते फाइनल खेल हुने प्रतियोगिताको विजेताले नगद ७ लाख र उपविजेताले ३ लाख रुपैयाँसहित ट्रफि मेडल, कप, प्रमाणपत्र प्राप्त गर्नेछ । विधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई नगद सहित पुरस्कारको व्यवस्था गरिएको छ । जिल्लाकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता २०५८ सालदेखि हरेक वर्ष संचालन भइरहेको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्