धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. ३ खुवाफोकमा आगामी जेठ १४ गते देखि संचालन हुने चौथो संस्करणको खुवाफोक गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ । खुवाफोक क्षेत्रको खेलकुद प्रवद्र्धन र युवा प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा ८ टिमको सहभागिता रहनेछ ।
सार्वजनिक गरिएको खेल तालिका अनुसार उद्घाटन खेल आयोजक र मौनावुधुकको सिसिडिआइसी वीच प्रतिस्पर्धा हुनेछ । सोही दिन प्रतियोगिताको दोस्रो खेल कुसुमे साइनिङ क्लव र संजीवनी क्लव वुढिमोरङ वीच हुने तालिकामा उल्लेख छ ।
जेठ १५ गते विहिवार दुई खेल संचालन हुनेछ । पहिलो खेल इटहरी फुटवल क्लव र देउराली फुटवल क्लव धरान वीच हुनेछ । सोही दिन दिउँसो २ बजेट डाँडाबजार एकेडेमी र सुनसरी रामधुनीको दियालो जनकल्याण क्लव प्रतिस्पर्धा हुनेछ । १६ गते सेमिफाइनलका दुई खेल संचालन हुनेछ । भने जेठ १७ गते प्रतियोगिताको फाइनल खेल हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैया सहित ट्रफी प्राप्त गर्नेछ । त्यस्तै उपविजेता हुने टिमले नगद ७० हजार ७ सय ७७ रुपैया र ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।
त्यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट हुने खेलाडीले नगद ५ हजार रुपैया सहित मेडल र विधागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुलाई नगद ३ हजार रुपैया प्रदान गरिनेछ । हरेक खेलमा म्यान अफ द म्याच पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता संचालनका लागि आवश्यक तयारी सुरु गरिएको आयोजकले जनाएको छ ।




हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्