धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. ३ मा आजदेखि चौथो संस्करणको खुवाफोक गोल्डकप सुरु भएको छ । उद्घाटन खेलमा आयोजक टिम खुवाफोक युनाइटेड घरेलु मैदानमा मौनावुधुकको सिसिडिआइसीसँग ६–१ गोलअन्तरले स्तब्ध भएको छ ।
सिसिडिआइसीको जितमा सन्तोष लिम्बुले १५, ४७, ५३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरे । त्यस्तै पहिलो हाफको अन्त्यतिर ५५ औं मिनेटमा सन्तोषले नै पुनः एक गोल गदै गोल संख्या ४ पु¥याए । सिसिडिआइसीका लागि ५५ औं मिनेटमा निशान लिम्बु र ७० औं मिनेटमा मनिस मगरले एक/एक गोल गरे । आयोजकका लागि एक मात्र सान्त्वना गोल कप्तान नविन माझीले खेलको ५९ औं मिनेटमा गरेका थिए । सिसिडिआइसीका सन्तोष लिम्बु खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद २ हजार १ सय रुपैया प्राप्त गरे ।
दोस्रो खेलमा संजिवनी फुटवल क्लव र कुसुमे फुटवल क्लव वीचको खेलमा संजिवनी फुटवल क्लवले नियम पालना नगरेको भन्दै अयोग्य ठहराएको थियो । उक्त खेलमा आयोजकले कुसुमे फुटवल क्लव मोरङलाई स्वतः विजयी घोषणा गरेको थियो ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनोज राईले रेफ्रिलाई बल हस्तान्तरण गरेर खेलको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रम खुवाफोक युनाइटेड क्लवका अध्यक्ष सुमन लिम्बूको अध्यक्षतामा सम्पन्न भएको थियो ।
विहिवार दुई खेल संचालन हुनेछ । पहिलो खेल इटहरी फुटवल क्लव र देउराली फुटवल क्लव धरान वीच हुनेछ । भने सोही दिन दिउँसो २ बजेट डाँडाबजार एकेडेमी र सुनसरी रामधुनीको दियालो जनकल्याण क्लव प्रतिस्पर्धा हुनेछ । खुवाफोक क्षेत्रको खेलकुद प्रवद्र्धन र युवा प्रतिभा उजागर गर्ने उद्देश्यले सुरु भएको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैया सहित ट्रफी प्राप्त गर्नेछ । त्यस्तै उपविजेता हुने टिमले नगद ७० हजार ७ सय ७७ रुपैया र ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।
त्यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट हुने खेलाडीले नगद ५ हजार रुपैया सहित मेडल र विधागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुलाई नगद ३ हजार रुपैया प्रदान गरिनेछ । हरेक खेलमा म्यान अफ द म्याच पुरस्कारको व्यवस्था गरिएको आयोजक समितका अध्यक्ष सुमन लिम्बूले बताए ।




हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्