images
images
images

धनकुटाका पाँच रुटमा टाइम कार्ड लागु

images

धनकुटा । तीव्र गतिका कारण भइरहेका सवारी दुर्घटना न्यूनीकरण गर्न लक्ष्यसहित आइतबारदेखि धनकुटा जिल्लाका पाँचवटा सार्वजनिक सवारी रुटमा टाइम कार्ड प्रणाली लागू गरिएको छ।

टाइम कार्ड प्रणालीको औपचारिक शुभारम्भ साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटार चोकमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी (सीडीओ) टुवराज पोखरेल र साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले स‌ंयुक्त रुपमा गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले पछिल्लो समय धनकुटामा विशेष गरी विद्युतीय माइक्रोबसहरू दुर्घटनामा पर्ने क्रम बढेकाले सो न्यूनीकरणका लागि टाइम कार्ड उपयोगी हुने विश्वास व्यक्त गरे ।

images
images

कार्यक्रममा साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राई, विभिन्न सुरक्षा निकायका प्रमुखहरू, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राई, यातायात व्यवस्था कार्यालयका प्रतिनिधि, पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास, वडाध्यक्षहरू, यातायात, होटल तथा निर्माण व्यवसायी, संघसंस्था प्रतिनिधि, ट्राफिक प्रहरी, सुरक्षाकर्मी र स्थानीयवासी गरी करिब १०० जनाको उपस्थिति रहेको थियो ।

धनकुटा जिल्लाका लागि यो प्रणाली पहिलोपटक लागू गरिएको हो। टाइम कार्ड अनुसार भेडेटार–मुलघाट (१७ किमी) ४० मिनेट, मुलघाट–धनकुटा (१८ किमी) ४० मिनेट, धनकुटा–हिले (१३ किमी) ३० मिनेट, हिले–लेगुवा (२६ किमी) ५५ मिनेट, र हिले–सिधुवा (१२ किमी) २५ मिनेट समय निर्धारण गरिएको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख, प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीले विगत तीन वर्षको सवारी दुर्घटना तथ्याङ्क प्रस्तुत गर्दै कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन एक महिनापछि गरिने र निरन्तर अनुगमन गरिने जानकारी दिए ।

गत जेठ ९ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सरोकारवालाहरूको बैठकले टाइम कार्ड असार १ गतेदेखि लागू गर्ने निर्णय गरेको हो। कार्यक्रममा धनकुटा नगरपालिकाको प्राविधिक सहयोग रहँदै आएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्