धनकुटा । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०।८१ को लेखा परीक्षण प्रतिवेदन अनुसार धनकुटा जिल्लाका स्थानीय तहहरूमा सबैभन्दा धेरै आन्तरिक आय संकलन गर्ने स्थानीय तह धनकुटा नगरपालिका बनेको छ।
प्रतिवेदनअनुसार धनकुटा नगरपालिकाले सो अवधिमा ४ करोड ६७ लाख ९१ हजार ४ सय रुपैया आन्तरिक स्रोत संकलन गरेको छ ।
दोस्रो स्थानमा १ करोड १५ लाख ८५ हजार ८४६ रुपैयाँ आन्तरिक आयसहित पाख्रिवास नगरपालिका रहेको छ । साँगुरीगढी गाउँपालिकाले १ करोड १३ लाख २६ हजार ३९२ रुपैयाँ आन्तरिक आय संकलन गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै चौविसे गाउँपालिकाले ७९ लाख २५ हजार ५०१ रुपैया, छथरजोरपाटी गाउँपालिकाले ७८ लाख २३ हजार, महालक्ष्मी नगरपालिकाले ६९ लाख १८ हजार २४०, सहिदभूमि गाउँपालिकाले ४० लाख ९९ हजार ६०९ आन्तरिक आय संकलन गरेका छन् ।
स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ६६ बमोजिम श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले पालिकामा प्राप्त हुने आन्तरिक आय समेतको व्यवस्थापन गर्न सक्ने व्यवस्था छ । साथै, सोही ऐनको परिच्छेद ९ मा वित्तीय अधिकार क्षेत्र अन्र्तगत विभिन्न कर तथा शुल्क लगाउन सक्ने व्यवस्था छ । पालिकाले सम्पत्ति कर, सिफारिस दस्तुर, दहत्तर बहत्तर, पार्किङ शुल्क, नाता प्रमाणित, वहाल कर, लगायत शीर्षकबाट आम्दानी गर्दछ । पालिकाको आन्तरिक आय संकलनको दायरालाई फराकिलो पार्दै आन्तरिक आय वृद्धि गर्न तर्फ ध्यान दिनुपर्ने महालेखाले सुझाव दिएको छ ।




हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्