images
images
images

व्यावसायीमैत्री कर शिक्षाको माग गर्दै धनकुटामा कर शिक्षा कार्यक्रम

images

धनकुटा । कर प्रणालीलाई वैज्ञानिक र व्यावसायीमैत्री बनाउनुपर्ने मागसहित धनकुटामा वृहत कर शिक्षा कार्यक्रम सम्पन्न भएको छ। आन्तरिक राजस्व विभाग काठमाडौँ, करदाता सेवा कार्यालय धनकुटा र धनकुटा उद्योग वाणिज्य संघको समन्वयमा आयोजित उक्त कार्यक्रममा उद्योगी, व्यापारी तथा व्यावसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको अध्यक्षता गरेका आन्तरिक राजस्व विभागका निर्देशक वासुदेव पौडेलले कर सम्बन्धी नयाँ विधेयक, भ्याट, अन्तःशुल्क, प्यान र कर छुटका विषयमा विस्तृत जानकारी प्रस्तुत गरे । कर अधिकृत खगेन्द्र दाहाल र श्याम आचार्यले सहजीकरणमा सहयोग गरेका थिए।

images
images

धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले कर प्रणाली अझै पनि झन्झटिलो र साघुरो भएकाले कर प्रणाली वैज्ञानिक, पारदर्शी र व्यावसायीमैत्री बनाउनुपर्ने धारणा राखे । उनले धनकुटालाई कोशी पहाडी जिल्लाका लागि केन्द्रीय आधार मान्दै पूर्ण अधिकारसहितको कर कार्यालय स्थापना गर्न पनि माग गरे ।

कार्यक्रममा संखुवासभा करदाता सेवा कार्यालयका कर अधिकृत योगेश भट्टराई, अधिवक्ता आनन्द सन्तोषी राई, संघका पूर्व अध्यक्ष लालचन्द्र गोगवा, उपाध्यक्ष मनकुमारी तितुङ, खगेन्द्र विष्ट, कृष्णराज श्रेष्ठ, निर्माण व्यवसायी संघका यज्ञ खतिवडा, यज्ञ राई, जिल्ला सहकारी संघ अध्यक्ष खगेन्द्र घिमिरे, अभिभावक संघका वरिष्ठ उपाध्यक्ष सुन्दरबाबु श्रेष्ठ, घरेलु उद्योग महासंघ अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ, पत्रकार महासंघ अध्यक्ष विदुर खवास, मदिरा तथा थोक व्यवसायी संघ अध्यक्ष डिशजे शाक्य, आभूषण संघ अध्यक्ष उज्ज्वल कर्माचार्य, ग्रिल उद्योग संघ अध्यक्ष उर्गेन शाक्य लगायतले करका समस्यामाथि आ–आफ्ना जिज्ञासा तथा सुझाव प्रस्तुत गरेका थिए।

व्यावसायीहरूले एक करोडसम्मको कारोबार प्यानमा गर्न पाउने व्यवस्था, भ्याट विवरण चौमासिक बुझाउने सुविधा, पुराना करदातालाई छुटको व्यवस्था, स्थानीय उद्योगलाई अन्तःशुल्क खारेज, र चेकका नाममा अनावश्यक झन्झट हटाउने विषयमा ध्यान दिन माग गरेका छन् ।

images
images

प्रतिक्रिया दिनुहोस्