images
images
images

साँगुरीगढीका मणि र सुवासको जोडिलाई प्रथम उपाध्यक्ष कप ब्याडमिन्टन प्रतियोगिताको उपाधी

images

धनकुटा । छथरजोरपाटी गाउँपालिकामा आयोजना भएको प्रथम उपाध्यक्ष कप अन्तर्गत अन्तर स्थानीय तह स्तरीय पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि साँगुरीगढी गाउँपालिकाका मणि देवान र सुवास लिम्वूको जोडीले जितेको छ ।

शनिवार सम्पन्न फाइनल खेलमा धनकुटा नगरपालिकाका उज्वल कर्माचार्य र शिखर श्रेष्ठको जोडीलाई २१-१४, ९-२१, २१-११ सोझो सेटमा पराजित गर्दै साँगुरीगढीका मणि र सुवासको जोडीले उपाधि जितेका हुन् ।

images
images

विजेता बनेका मणि र सुवासको जोडीले नगद ३०,००० रुपैयाँ र उपविजेता वनेका उज्वल र शिखरको जोडीले नगद २०,००० रुपैयाँ र ट्रफी प्राप्त गरे ।

आयोजक सहित धनकुटा र तेह्रथुमका स्थानीय तह गरी ९ टिमले प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रतियोगिताको  मुख्य सहयोगी छथर जोरपाटी गाउँपालिका र आयोजक जोरपाटी ब्याडमिन्टन क्लब रहेको थियो ।

विजेता तथा उपविजेता वनेका खेलाडिहरुलाई छथरजोरपाटी गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बा, उपाध्यक्ष गिता खेवा गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

images
images

प्रतिक्रिया दिनुहोस्

images