धनकुटा । प्रहरीले लागुऔषध गाँजासहित एक युवकलाई भेडेटारबाट नियन्त्रणमा लिएको छ। आइतवार दिउँसाे करिब १:४० बजे साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटार चोकमा ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको चेकजाँच टोलीले तेह्रथुमबाट दमकतर्फ जाँदै गरेको बा ५ ख ५८७७ नम्बरको यात्रुवाहक बस जाँच गर्ने क्रममा लागुऔषध बरामद भएको हो ।
बसमा सवार सहिदभूमि गाउँपालिका–१ निवासी २४ वर्षीय हरिकुमार राईले आफ्नो साथमा बोकेको झोलाबाट २.५ केजी तथा बसको डिक्कीमा राखिएको थप ३.५ केजी गरी जम्मा ६ केजी गाँजा फेला परेको प्रहरीले जनाएको छ । उक्त व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको ईप्रका भेडेटारले जानकारी दिएको छ ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्