धनकुटा । प्रजातान्त्रिक आन्दोलनका योद्धा सहिद भीमनारायण श्रेष्ठको ८८ औं जन्मजयन्तीको अवसरमा श्रद्धाञ्जली अर्पण गरिएको छ ।साथै, सहिद श्रेष्ठकी धर्मपत्नी लक्ष्मी देवी श्रेष्ठ र जेष्ठ सुपुत्र मनोज नारायण श्रेष्ठलाई सम्मान गरिएको छ । नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले लक्ष्मी देवी श्रेष्ठ र मनोज नारायण श्रेष्ठलाई माला र खादा लगाई सम्मान गरेका हुन् ।
सो अवसरमा सहिद भीमनारायण स्मृति प्रतिष्ठान धनकुटाको आयोजनामा सहिद भीमनारायण चोकमा श्रद्धाञ्जली कार्यक्रम गरिएको थियो । कार्यक्रममा संविधानसभा सदस्य लिला सुब्बा, नेपाली कांग्रेस प्रदेश कार्य समितिका सदस्य नविन किशोर शाक्य, नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, महासमिति सदस्यहरू सुमना तिम्सिना र गंगाराम ढुंगाना, जिल्ला सहसचिव रोशन श्रेष्ठ, नेपाल तरुण दलका केन्द्रीय सदस्य तिलक महत, जिल्ला सदस्यहरू रविन्द्र नेपाली, विष्णु पौडेल, निरुपा राई, साथै नेताहरू पुरेन्द्रलाल श्रेष्ठ, मिलन खड्गी, धनकुमार राई, शैलेसमान श्रेष्ठ, शम्भु प्रधान, दोर्ण गुरागाईं, कृष्णमाया श्रेष्ठ, गोविन्द राई, हरी तिम्सिना, कुसुम जोशी, प्रेम लिम्बु, रमेश शाक्य, लक्ष्मण खड्का, टिका श्रेष्ठ, लक्ष्मण श्रेष्ठलगायतले सहिद श्रेष्ठको प्रतिमामा फूलमाला अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
वि.सं. १९९४ साल असार २४ गते जन्मिएका सहिद भीमनारायण श्रेष्ठलाई वि.सं. २०३० साल चैत ३ गते चर्चित विराटनगर बम काण्डको अभियोगमा पक्राउ गरी लामो समय जेलमा राखिएको थियो । कठोर यातनापछि उनलाई वि.सं. २०३५ साल माघ २६ गते मृत्युदण्ड दिइएको थियो । श्रेष्ठलाई नेपाल सरकारले वि.सं. २०७२ साल फागुन १९ गते राष्ट्रिय सहिदको रूपमा घोषणा गरी सम्मान गरेको जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिए ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्