images
images
images

माओवादी केन्द्र धनकुटाको बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

images

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को जिल्ला समन्वय समिति धनकुटाको बैठक तथा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ। कार्यक्रम माओवादी केन्द्रका उपमहासचिव तथा कोशी प्रदेश इञ्चार्ज क. हरिबोल गजुरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज क. धनमाया विश्वकर्मा, कोशी प्रदेश अध्यक्ष क. हर्क बहादुर नेम्बाङ ‘मिक्सो’, प्रदेश सचिव क. गणेश उप्रेती ‘सुशिल’ र अनेम संघ (क्रान्तिकारी) कोशी प्रदेश अध्यक्ष क. लता न्यौपानेको उपस्थिति रहेको थियो । कार्यक्रम पार्टीका जिल्ला अध्यक्ष क. कुसुम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

images
images

प्रमुख अतिथि गजुरेलले पार्टीको भावी रणनीति, योजना, अभियान र आन्दोलनबारे प्रशिक्षण दिएका थिए । उनले २०६४ सालको निर्वाचनमा धनकुटामा माओवादीले प्राप्त गरेको विजयलाई स्मरण गर्दै फेरि त्यस्तै सफलता हासिल गर्न संगठन विस्तारमा लाग्न नेता–कार्यकर्ताहरुलाई निर्देशन दिए ।

कार्यक्रममा सातवटै पालिकाबाट पालिका अध्यक्षहरू, वडा समिति अध्यक्षहरू, जनबादी समाजवादी (जबस) अध्यक्षहरू, जिल्ला सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा पालिका अध्यक्षहरूले आफ्नो पालिकाको रिपोर्टिङ गरेका थिए भने प्रदेश अध्यक्ष मिक्सो, सचिव उप्रेती र अनेम संघकी प्रदेश अध्यक्ष न्यौपानेले पनि प्रशिक्षण दिएको अनेम संघ (क्रान्तिकारी) कोशी प्रदेश सदस्य तथा माओवादी केन्द्र महालक्ष्मी नगर समिति उपाध्यक्ष क. सानु कार्की बस्नेतले बताइन् । कार्यक्रमअघि शनिबार बिहान अतिथि गजुरेल र प्रेस सेन्टर धनकुटाका पत्रकारबीच अन्तर्क्रिया तथा भेटघाट कार्यक्रमसमेत सम्पन्न भएको थियो ।

images
images

प्रतिक्रिया दिनुहोस्