images
images
images

सहिदभूमि गाउँपालिकामा सुकुम्वासी तथा अव्यवस्थितहरुलाई जग्गाको धनिपुर्जा वितरणको तयारी

images

धनकुटा । सहिदभूमि गाउँपालिकाको भूमिहिन सुकुम्वासी र अव्यवस्थित वसोवासीहरुलाई जग्गा उपलब्ध गराई जग्गाधनी पुर्जा वितरण गर्ने तयारी गरिएको छ । सोही उद्देश्यले आज गाउँपालिकामा बैठक तथा दोस्रो चरणको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष राईले सबै वडाका वडाध्यक्ष तथा सचिवहरुलाई आ–आफ्नो वडामा रहेका सुकुम्वासी तथा अव्यवस्थित वसोवासीको तथ्यांक संकलन गरी कार्यान्वयनमा सक्रिय रुपमा लाग्न निर्देशन दिए ।

images
images

कार्यक्रममा भूमि समस्या समाधान आयोग धनकुटाका विज्ञ सदस्य नवीन किशोर शाक्य, सदस्य विजय सन्तोषी राई, महिला सदस्य तथा सहिदभूमि गाउँपालिका संयोजक देवकला पौडेलले कार्यक्रम कार्यान्वयन प्रक्रिया र कार्यविधिका बारेमा सहजीकरण गरेका थिए ।

कार्यक्रममा विभिन्न वडाका वडा सचिव र कर्मचारीहरूले आफ्ना वडामा रहेका भूमिहिन दलित सुकुम्वासी, भूमिहिन सुकुम्वासी तथा अव्यवस्थित वसोवासीहरुको अवस्थाबारे जानकारी प्रस्तुत गरेका थिए । सहभागीहरूमा वडा नं. ५ का कार्यवाहक अध्यक्ष सफल राई, भूमि शाखा प्रमुख होमबहादुर थापा, वडा नं. १ का सचिव खिरप्रसाद राई, वडा नं. ३ का सचिव वमबहादुर राई, वडा नं. ४ र ५ का सचिव राजेन्द्र राई, वडा नं. ७ का सचिव राजकुमार राई, तथा वडा नं ४ का कम्प्युटर अपरेटर रामप्रसाद राई लगायतको उपस्थिति थियो ।

आयोगका सदस्य विजय सन्तोषी राईले निकट भविष्यमा सहिदभूमिसहित सम्पूर्ण धनकुटा जिल्लाका सुकुम्वासी तथा अव्यवस्थित वसोवासीलाई जग्गा उपलब्ध गराई पुर्जा वितरण गरी जिल्लालाई “सुकुम्वासी र अव्यवस्थित मुक्त जिल्ला” घोषणा गर्ने लक्ष्य रहेको जानकारी दिए ।

images
images

प्रतिक्रिया दिनुहोस्