images
images
images

डाँडाबजारमा नेपाली कांग्रेसको भेटघाट तथा अन्तरक्रिया

images

धनकुटा । साँगुरीगढी गाउँपालिका–५ डाँडाबजारमा आज नेपाली कांग्रेसको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव तथा संगठन विभाग प्रमुख विजय सन्तोषी राईले कांग्रेसभित्र पुस्तान्तरण र रुपान्तरण आवश्यक रहेको भन्दै युवाहरु एकजुट भएर गुटरहित पार्टी बनाउनुपर्नेमा जोड दिए । उनले मुलुकको समस्या समाधान युवाहरुले मात्र गर्न सक्ने दाबी गर्दै पार्टी संगठन विस्तार र सुदृढीकरणका लागि टोल–टोल र घर–घरमा पुग्न आग्रह गरे ।

सो अवसरमा जिल्ला सदस्य चन्द्र लिम्बुले पार्टीभित्र एकता आवश्यक रहेको उल्लेख गरे भने साँगुरीगढी गाउँपालिका सभापति नेपाल धन राईले सबै वडामा सुदृढीकरण अभियान सञ्चालन गर्ने बताए ।

images
images

कार्यक्रम वडासभापति ओमप्रकाश लिम्बुको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा वडाध्यक्ष खड्ग लिम्बु, कांग्रेस साँगुरीगढीका कोषाध्यक्ष मणी देवान, तरुण दल साँगुरीगढी अध्यक्ष राज लिम्बु, वडा अध्यक्ष मिलन थेगिम, कांग्रेस वडा सचिव महेन्द्र घिमिरेलगायतले पार्टीलाई बलियो र शक्तिशाली बनाउन सुझाव दिएका थिए ।

images
images

प्रतिक्रिया दिनुहोस्