धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं १, बुढीमोरङमा चौथो वडा अध्यक्ष नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । बुढीमोरड खेलकुद विकास समितिको आयोजनामा आगामी ८ देखि १३ गतेसम्म चौथो वडा अध्यक्ष नकआउट फुटबल प्रतियोगिता आयोजना हुन लागेको हो ।
संजिवनी खेलमैदान हुने प्रतियोगिताको विजेताले नगद ६० हजार रुपैया सहित ट्रफी र मेडल, उपविजेता टिमले नगद ४० हजार रुपैया सहित ट्रफी र मेडल प्राप्त गर्ने छ ।
त्यस्तै प्रतियोगिताभर विधागत तर्फ वेस्ट प्लेयर, वेस्ट गोलकिपर, फेयर डिफेन्स, हाई स्कोर हुने खेलाडीलाई नगद सहित पुरस्कारको व्यवस्था गरिएको छ । फाइनल हुने दिन भेट्रान र महिलाको पनि फुटवल प्रतियोगिता बताइएको छ ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्