images
images
images

करेन्ट लाग्दा घाइते भएकी सहिदभूमि गाउँपालिका–२ साम्बुगाउँकी सोमशेर मायाको उपचार क्रममा मृत्यु

images

धनकुटा । करेन्ट लागेर घाइते भएकी सहिदभूमि गाउँपालिका–२ साम्बुगाउँकी ६४ वर्षीया सोमशेर माया राईको उपचार क्रममा मृत्यु भएको छ । गतअसोज १६ गते बिहान करिब ३:३० बजे घरमा मोबाइल फोन चार्जबाट निकाल्ने क्रममा करेन्ट लाग्दा राई घाइते भएकी थिइन् । बायाँ हातमा करेन्ट लागेर करिब ९ प्रतिशत भाग डढेकी उनको सोही दिन स्थानीय स्वास्थ्य चौकीमा प्रारम्भिक उपचार गरिएको थियो ।

तर स्वास्थ्यमा पुनः समस्या देखिएपछि उनलाई आज जिल्ला अस्पताल धनकुटा ल्याइएकाे थियो । उपचारका क्रममा सोमबार दिउँसो १:४० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । कानुनी प्रक्रिया पूरा गरी शवको पोस्टमार्टमपछि परिवारजनलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

images
images

images
images

प्रतिक्रिया दिनुहोस्