images
images
images

धनकुटा कांग्रेसको पहलमा छात्रवृत्ति प्रदान

images

धनकुटा । नेपाली कांग्रेस धनकुटाको पहलमा नेपाल प्रेस युनियनका तत्कालिन कोषाध्यक्ष स्वर्गीय पूर्णकुमार चौधरीका छोरा आदित्य विक्रम चौधरीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

नेपाल प्रेस युनियन धनकुटा शाखाको अनुरोधमा नेपाली कांग्रेस धनकुटाका महासमिति सदस्य उदयबहादुर लिम्बुको सक्रियतामा विद्यार्थी परियोजनामार्फत छात्रवृत्ति उपलब्ध गराइएको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिए । कार्यक्रम नेपाल पत्रकार महासंघ धनकुटाको सञ्चार हलमा सम्पन्न भएको थियो ।

images
images

धनकुटा–६ स्थित बाल संसार बोडिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत आदित्य विक्रम चौधरीलाई दोस्रो वर्षको छात्रवृत्तिको पहिलो किस्ताका रूपमा रु. १० हजार प्रदान गरिएको हो । रकम नेपाली कांग्रेस महासमिति सदस्य तथा नेपाल लोकतान्त्रिक अपांग महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष उदयबहादुर लिम्बु, नेपाली कांग्रेस धनकुटा जिल्ला सचिव तथा नेपाल प्रेस युनियनका निर्वतमान केन्द्रीय उपाध्यक्ष विजय सन्तोषी राई, नेपाल लोकतान्त्रिक अपाङ् महासंघ धनकुटाका अध्यक्ष प्रेम तुम्बाहाङफेले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास, अकोरावका केन्द्रीय उपाध्यक्ष गोपाल वराइली, नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष विनोद घिमिरे, उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघ धनकुटाका सचिव हरिबहादुर लम्जेल, प्रेस चौतारी नेपाल धनकुटाका सचिव सन्तोष सुवेदीलगायत पत्रकारहरूको उपस्थिति रहेको थियो ।

images
images

प्रतिक्रिया दिनुहोस्