images
images
images

कांग्रेसको विशेष महाधिवेशनको पक्षमा धनकुटामा वहुमत हस्ताक्षर

नेपाली कांग्रेस धनकुटाका २६ जना महाधिवेशन प्रतिनिधिमध्ये जिल्ला सभापति दिनेश राई सहित १७ जना महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरे ।

images

धनकुटा । नेपाली कांग्रेसको विशेष महाधिवेशनका माग गर्दै धनकुटा जिल्लामा वहुमत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेको नेपाली कांग्रेस धनकुटाले जनाएको छ । नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राई सहित १७ जना महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै धनकुटा जिल्लाबाट हस्ताक्षर गरेका हुन । धनकुटा जिल्लामा सभापती राई सहित २६ जना महाधिवेशन प्रतिनिधिहरु रहेका छन् ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा देशभर महाधिवेशन प्रतिनिधिहरुले अहिले विद्यमान मुलुकको सस्मया समाधान गर्न काग्रेसमा नयाँ नेतृत्व चयन गर्न विशेष महाधिवेशन आवश्यक भएको भन्दै हस्ताक्षर गर्ने क्रममा धनकुटा जिल्लामा पनि जिल्ला सभापति दिनेश राईको नेतृत्वमा विशेष महाधिवेशनको माग गर्दै वहुमत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरी अभिलम्ब बिशेष महाधिवेशन गर्न दवाव समेत दिदै आएका छन् ।

images
images

विशेष महाविधेशन पक्षमा धनकुटा जिल्लाबाट हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरुमा सभापति दिनेश राई, पूर्वजिल्ला सभापतिहरु हरिकुमार राई, अग्नी प्रसाद पौडेल, नेता आनन्द सन्तोषी राई, अजित नारायण सिंह थापा, उदय वहादुर लिम्बु, अञ्जना ताम्ली, मिना राई, महेन्द्र निरौला, गंगाराम ढुंगाना, खेमराज पौडेल, शिव विक, मणी चेम्जोङ, करुणा कटुवाल, थिरेन्द्र लिम्बु, प्रकाश थुलुङ राई, गायत्री भण्डारी लगायत छन् । अहिलेको नेतृत्वबाट नेपाली कांग्रेसले निर्वाचनमा सफलता प्राप्त गर्न नसक्ने भएकाले तत्काल विशेष महाधिवेशन गरी नेतृत्व परिर्वतन गरी निर्वाचनमा जानका लागी तयारी गर्नु पर्ने नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राईले बताए ।

कांग्रेसमा विशेष महाधिवेशनको विकल्प नरहेको समेत जिल्ला सभापति राई दावी गर्छन् । उनी भन्छन् ‘कांग्रेसलाई अव बचाउनका लागी महाधिवेशन गर्न महाधिवेशन प्रतिनिधिहरु जस्तोसुकै मुल्य चुकाउन समेत तयार रहनुपर्छ । सभापति राईका अनुसार मंसिर भित्र नियमित महाधिवेशन गर्ने तालिकाका ल्याउनु पर्ने नल्याए त्यसपछि महाधिवेशन प्रतिनिधिहरु विशेष महाधिवेशनमा जुट्ने वताए ।

नेपाली कांग्रेसमा अहिले दिन प्रतिदिन नेता तथा कार्यकर्ताहरु लगायत यूवा तथा तन्नेरीहरुमा निराशा बढ्दै गएकाले अभिलम्ब नेपाली कांग्रेस नियमित महाधिवेशन गरेर टोल, वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, जिल्ला, प्रदेश र केन्द्रिय महाधिवेशन गरेर वडा तह देखिनै केन्द्रसम्म तत्नेरी तथा यूवाहरुलाई पुस्तान्तरण, हस्तान्तरण र रुपान्तरण गर्नु पर्नेमा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले जोड दिए । यदि नियमित महाधिवेशन संभव नभए विशेष महाधिवेशन गरेर भएपनि कांग्रेसमा पुस्तान्तरण, हस्तानतरण र रुपान्तरण गर्नुे पर्ने जिल्ला सचिव राईले वताए ।

नेपाली कांग्रेसले अव पनि विशेष महाधिवेशन वा नियमित महाधिवेशन नगरी अनिर्णयको बन्दी भए कांग्रेसलाई इतिहासमानै ठूलो संकट आई पर्ने निश्चित भएको छ । कांग्रेस तालको जमेको पानी जस्तै भएर रहे राष्ट्र र जनतालाई झन् ठूलो संकट आइपर्छ ।

नेपाली कांग्रेसले संविधान रक्षा गर्नका लागी आगामी निर्वाचन या आन्दोलनमा जान विशेष वा नियमित महाधिवेशन गरेर नेतृत्व परिर्वतन गर्न अति आवाश्यक भएको महाधिवेशन प्रतिनिधिहरुको धारणा रहेको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्