images
images
images

लगातारको वर्षापछि धनकुटा नगरका विद्यालयहरूमा शुक्रबार बिदा

images

धनकुटा । धनकुटा नगरपालिकाले अविरल वर्षाका कारण आज शुक्रवार नगरभित्रका सवै सामुदायिक तथा संस्थागत विद्यालयहरु एक दिनका लागि वन्द गर्ने निर्णय गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत दशरथ राईद्वारा जारी गरिएको सूचना अनुसार जल तथा मौसम विज्ञान विभागले कार्तिक ११ जारी गरेको वंगालको खाडीमा विकसित चक्रवात मोन्थाको प्रभावका कारण केही दिन सम्म भारि वर्षा हुने पूर्वानुमानको आधारमा निरन्तर वर्षा भइरहेको र यसले विद्यालयका विद्यार्थीहरूको आवागमनमा समस्या सृजना गरेको कारण विदा दिइएको बताइएको छ ।

images
images

सडक तथा भौगोलिक अवस्था विचार गर्दा विद्यार्थीहरूको सुरक्षालाई ध्यानमा राख्दै धनकुटा नगरभित्रका सबै विद्यालयहरूलाई लामो विदा (मिन पचास) बाट कट्टी हुने गरी एक दिनका लागि बिदा दिन रआगामी दिनमा मौसमको प्रतिकूलता हेरी विदाको आवश्यकता अनुसार व्यवस्था गर्न नगरपालिकाले अनुरोध गरेको छ । साथै नगरपालिकाको आयोजनामा प्रधानाध्यापकहरुको उपस्थितिमा आज हुने भनिएको वार्षिक कार्यक्रमहरुको अभिमूखिकरण कार्यक्रम समेत स्थगित भएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्